प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाइएकोमा काँग्रेसको आपत्ति

काठमाडौँ । तेस्रो पटकका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । सभामुख चयनको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कुरा नमिल्दा संसद बैठक बस्न सकिरहेको छैन ।
आज पनि सूचना टाँस गरेर माघ ६ गते सोमबारसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रकाशित सूचनामा भनिएको छ, ‘‘मिति २०७६ पुस २७ गते आइतबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने माननी उपसभामुखज्यूले प्रतिनिधसभा नियमावली, २०७५ को निमय ६ को उपनियम (३) बमोजिम अर्को बैठक मिति २०७६ साल माघ ६ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकरीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’’
यसप्रति आपत्ति जनाउँदै काँग्रेसले भनेको छ, ‘प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको विषय दुःखद छ । नेपाली काँग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ ।’
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ । तर ३ महीना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छाँया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।’
स्वयं सत्तापक्षका कारण महिना दिनदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापूर्वक लिँदै नेपाली काँग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेतसमेत गराएको छ ।
काँग्रेस नेता गगन थापा यसो भन्छन्,
नेकपाभित्रको स्वार्थको वेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय छ।यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रवन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छ। उपसभामुखज्यू,संसद कुनै दलको छायाँ होइन,तपाईं संसदको उपसभामुख हो,नियमानुसार सदनको प्रकृया अगाडी बढाइयोस्।
— Gagan Thapa (@thapagk) January 12, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला पक्राउ
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’