प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-२ धुन्चेपाखास्थित ड्युटिमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भारत घर भएका बोडे बस्ने २६ वर्षीय महोमद दिल्दारमियालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
सोही स्थानमा महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई बा.३७ प १२०६ नम्बरको मोटरसाइकल मादक पदार्थ सेवन गरी चलाएको फेला पारी कारबाही गर्ने क्रममा उक्त नगद प्रहरीलाई दिन खोजे पश्चात पक्राउ गरेको हो ।
यसैगरी, सूर्यबिनायक नगरपालिका-९ नलिनचोकस्थित सडकबाट ड्युटिमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने लमजुङ घर भएका ३९ वर्षीय प्रेम बहादुर घर्तीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही स्थानमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई ना.८ ख ४३३७ नम्बरको टिपर मादक पदार्थ सेवन गरी चलाएको फेला पारी कारबाही गर्ने क्रममा उक्त नगद प्रहरीलाई दिन खोजे पश्चात पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दानव नदिमा डुबेर बेपत्ता तीन जना मध्ये एक जनाको शव फेला
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’ बारे छानबिन गर्न समिति गठन
-
ठुलै विपत्ति र प्रलय आए मात्रै एनआरएनएको एकता महाधिवेशन रोकिन्छः घले
-
शिक्षामन्त्रीको राजीनामाबारे महेश बस्नेतले भने - स्वयं मन्त्री कै कमजोरीको संकेत हो
-
‘हामी संविधानमा प्रगतिशील तर व्यवहारमा यथास्थितिवादी छौँ’
-
दुर्गा प्रसाईँका दुई वटै अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश