बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ

आइतबार, २७ पुस २०७६, १३ : ३९
आइतबार, २७ पुस २०७६

भक्तपुर ।  मध्यपुर ठिमी नगरपालिका-२ धुन्चेपाखास्थित ड्युटिमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भारत घर भएका बोडे बस्ने २६ वर्षीय महोमद दिल्दारमियालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 
सोही स्थानमा महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई बा.३७ प १२०६ नम्बरको मोटरसाइकल मादक पदार्थ सेवन गरी चलाएको फेला पारी कारबाही गर्ने क्रममा उक्त नगद प्रहरीलाई दिन खोजे पश्चात पक्राउ गरेको हो । 
    यसैगरी, सूर्यबिनायक नगरपालिका-९ नलिनचोकस्थित सडकबाट ड्युटिमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने लमजुङ घर भएका ३९ वर्षीय प्रेम बहादुर घर्तीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 
सोही स्थानमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई ना.८ ख ४३३७ नम्बरको टिपर मादक पदार्थ सेवन गरी चलाएको फेला पारी कारबाही गर्ने क्रममा उक्त नगद प्रहरीलाई दिन खोजे पश्चात पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप