यसरी मनाइयो २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, तस्विरमा हेर्नुहोस्

काठमाडौँ । आज २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । यसलाई विभिन्न कार्यक्रम गरी देशभरी मनाइदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीद्वारा आज यहाँ जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गनिर् ।
सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ ।
सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै उनको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गरे ।
उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उनीप्रति पुष्पगुच्छा अर्पण गरे ।
विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रूपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचक बढ्दा पनि घट्यो कारोबार
-
रावण प्रवृत्ति हटाउन राम पनि हिंस्रक बन्नु परेको थियो : लोहनी
-
बार निर्वाचनमा मिश्र प्यानलको २५ वटै पदमा अग्रता
-
आयल निगमको विज्ञ सञ्चालक सदस्य पदमा आवेदन खुला
-
चुनौतीका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि : रवि सिंह
-
तीनकुने घटनाको अनुसन्धान गर्न नेपालीको नेतृत्वमा नागरिक आयोग गठन