शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आपसी वाद-विवादमा धकेलाधकेल हुँदा मृत्यु

आइतबार, २७ पुस २०७६, १३ : २५
आइतबार, २७ पुस २०७६

रसुवा । आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङबस्ने ४६ वर्षीय सार्की गुरुङको हत्या गरी फरार रहेको आरोपमा सोही स्थान बस्ने ४१ वर्षीय मिङ्मार सिङ्गी तामाङलाई गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रू बजारबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

आपसी वाद-विवादको क्रममा शनिबार राति तामाङले धकेल्दा लडेर गम्भीर घाइते भएका सार्की गुरुङको स्थानीय स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल धुन्चेमा थप उपचारको क्रममा मृत्यु भएको हो । घटनापछि फरार रहेका तामाङलाई सिमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले स्याफ्रू बजारबाट पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप