बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारसँग सहकार्य गरी अघि बढ्न चेम्बर प्रतिवद्ध

आइतबार, २७ पुस २०७६, १३ : २१
आइतबार, २७ पुस २०७६

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० औं वर्ष प्रवेश एवं चेम्बर डे को अवसरमा प्रभातफेरी निकालेको छ । 

आइतबार काठमाडौंको जमल, न्युरोड, असन लगायतका बजार क्षेत्रमा चेम्बर अफ कमर्सले प्रभातफेरी निकालेको हो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बर स्थापना भएदेखिका कामहरुलाई निरन्तरता दिने प्रतिवद्धता सहित प्रभातफेरी निकालिएको बताए । उनले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणमा सरकारसँग सहकार्य गरी अगाडि बढ्न चेम्बर प्रतिवद्ध रहेको समेत बताए । 

प्रभातफेरीमा काठमाडौं, ललितपुर लगायतका जिल्लाका चेम्बर आवद्ध व्यसायीहरुको सहभागिता रहेको थियो । ‘व्यापार समृद्धिको आधार’, ‘राष्ट्रिय पूँजी र व्यववसायीहरुको आधार, समृद्धि र विकासको मुख्य पूर्वाधार’ लेखिएका ब्यानरसहित प्रभातफेरी निकालिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप