केन्द्रीय संस्करण

राप्ती समाज जापानको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम

person explore access_timeपुस २७, २०७६ chat_bubble_outline0

जापान । राप्ती समाज जापानले  नेपाल भ्रमण वर्ष २०२० लाई सफल र सशक्त बनाउन प्रवर्द्धनात्मक अभियानको थालनी गरेको छ। बिभिन्न अध्ययन,पेशा र ब्यवसायमा जापानमा रहेका राप्तीबासीहरुले बढी भन्दा बढी जापानिजहरु नेपाल भित्र्याउने उद्देश्यका साथ जापानको मुख्य सहर टोक्यो, ब्यस्त स्टेशन शिनागावा र ओमोरीमा एक कार्यक्रमको आयोजना गरी भिजिट नेपालको लोगो अंकित टिसर्ट प्रर्दशन गरेका छन् ।

 जापानमा विश्भवरीका मान्छेहरु बिभिन्न माध्यमबाट आउने जाने गर्ने र जापानमै बस्ने अन्य देशहरुका मान्छेहरुलाई पनि बुझ्न सजिलो होस् र सबैमा प्रचार गर्न सकियोस् भन्ने उद्देश्यका साथ नेपाली, जापानिज र अड्ग्रेजी भाषामा भिजिट नेपाल २०२० लेखेर छापिएको टिर्सट प्रदर्शनीमा ल्याइएको हो ।

समाजले भर्खरै मात्र समाजका संरक्षक तथा नेपाल जापान पर्यटन क्षेत्रका अभियान्ता विशेश्वर रेग्मीको नेतृत्मावमा टोक्योमा प्रत्यक बर्ष आयोजना गरिने मन्टिकल्चरल एक्सचेन्ज कार्यक्रममा पनि नेपाल भ्रमण बर्ष २०२० को बुथ नै राखेर प्रचार प्रसार गरिएको थियो ।  

कार्यक्रममा नेपाली मौलिक पोषाकहरु, नेपालका मनमोहक पर्यन स्थलहरुको श्रब्य दृश्य प्रदर्शन गर्नुका साथै पर्यटन बर्ष २०२० मा नेपालको बारेमा जानकारी पनि गराइएको थियो  । पर्यटकीय स्थलको श्रव्य दृष्य सामग्री,  टिर्सट र पोष्टरहरुले जापानिजहरुलाई ध्यानाकर्षण गरेको थियो भने कितपय जापानिजहरु आफ्नो चासो र भावी यात्राको तय गर्न पदाधिकारीहरु सँग आफ्नो कौतुहलता मेटाउन ब्यस्त देखिन्थे ।

गत बर्ष देखि नेपाल वायु सेवा निगमले पनि ओसाका काठमाण्डौ सिधा उडान शुरु गरेको र यसै बर्ष देखि नारिता देखि टोक्यो र काठमाण्डौ सिधा उडानको शुरुवात गर्ने घोषणा गरिसकेकोले नेपाल पर्यटनको जापानी बजारमा यसले राम्रो प्रभाव पार्ने आशा गरिएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.