केन्द्रीय संस्करण

डान्स प्रतियोगिताको ताज बुटवलकी कल्पनालाई

person explore access_timeपुस २७, २०७६ chat_bubble_outline0

बुटवल । रुपन्देहीको सैनामैनामा आयोजित मम्मी डान्स प्रतियोगिताको ताज कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् ।

चौंथो राष्ट्रिय सैनामैना कृषि ,पर्यटन तथा औद्योगिक ब्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाइ पछि पार्दै बुटवलकी चेली कल्पना प्रथम भएकी हुन् । उनलाइ ताज, नगद २० हजार रुपैया, प्रमाणपत्र सहित सम्मानपत्र प्रदान गरिएको छ । 

सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री,नेपाली कंँग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिब दिपक अधिकारी ,संघका सचिब हिमाल गैरे,डान्स प्रतियोगिताका संयोजक चन्दा भण्डारी लगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतिय हुन सफल भइन् ।

उनीहरुले क्रमश नगद १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १७ सहभागि मध्येबाट पहिलो दिनको नाचबाट १० जना दोश्रो चरणका लागि छनौट भएका थिए । 

डुम्रे यसअघि बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको आमा नृत्य प्रतियोगितामा द्वितीय भएकी थिइन् ।

त्यस्तै महोत्सवमा,राष्ट्रिय कलाकार पशुपति शर्मा,रितु थापा,शारदा पगेनी,पुरुषोतम पौडेल, रविना बस्याल लगायतको प्रस्तुती,डान्स आइडल समेत भएको सास्कृतिक उपसमिति संयोजक हिमाल गैरेले बताए ।

२ सय २० स्टल रहेको मेलामा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका महासचिब दिपक अधिकारीले जानकारी दिए ।

राष्ट्रिय ‘आर्थिक विकासका राष्ट्रिय आधार स् कृषि पर्यटन उद्योग र व्यापार भन्ने’ भन्ने मुल नाराका साथ संचालन भएको महोत्सव माघ ६ गते सम्म संचालन हुने प्रचारप्रसार संयोजक लोकनाथ अधिकारीले बताए । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...