शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्मला पन्तको परिवारको सहयोगार्थ फिल्म ‘कोपिला’को च्यारिटी

आइतबार, २७ पुस २०७६, १३ : ००
आइतबार, २७ पुस २०७६

काठमाडौं । बलात्कारपछि हत्या भएको कञ्चनपुरकी बालिका निर्मला पन्तको परिवारलाई सहयोग गर्ने उद्देश्यले फिल्म ‘कोपिला’को च्यारेटी गरिने भएको छ । मकवानपुर जागरण अभियान नेपालले आउँदो माघ १० गते हेटौडाको एनएस चलचित्र भवनमा फिल्मको च्यारेटी शो गर्न लागेको हो । 

मकवानपुर जागरण अभियान नेपालले एक पत्रकार भेटघाटको कार्यक्रम गर्दै फिल्मको च्यारेटीको बोमा जानकारी दिएको हो । फिल्म च्यारेटीको दिन स्व.निर्मला पन्तको परिवारलाई हेटौडा बोलाएर ५० हजार सहयोग गर्ने मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोईरालाले बताए । कोइरालाले यसको अलवा केही अगाडि भएको फिल्म पंचायतको च्यारेटीबाट उठेको रकम समेत पन्त परिवारलाई दिने जमानकारी गराए ।

फिल्मका निर्माता मणिराज गौतमले पन्तको बिषयमा फिल्म ‘कोपीला’ बनेको बताए । फिल्ममा ‘कोपीला’को शिर्ष भुमिकामा संजिवनी खरेलले अभिनय गरेकी छिन । संजिवनीको अलवा गणेश गिरी, सरिता गिरी, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतका कलाकारको फिल्ममा अभिनय छ ।

गणेश गिरीको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाँकार रामेश्वर कार्की रहेका छन् ।  दिपक शर्माको संगीत रहेको फिल्म शिबम् अधिकारीले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप