केन्द्रीय संस्करण

भूकम्प प्रभावितको सूचीबाट ६१ जनाको नाम हटाइयो

person explore access_timeपुस २७, २०७६ chat_bubble_outline0

चितवन । जिल्लामा रहेका ६१ जना भूकम्प प्रभावितको नाम सूचीबाट हटाउन स्थानीय तहले सिफारिस गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भरतपुर चितवनका अनुसार भूकम्प प्रभावितमध्ये दुईजनाको प्रथम किस्ताबापतको रकम फिर्ता गर्न कबुलियतिनामा प्राप्त भएको छ ।

नाम सूचीबाट हटाउन सिफारिस हुनेहरुमा दोहोरो नाम परेका, लाभग्राहीहरु वडामा सम्पर्कमा नआएका, घर पुनर्निर्माण नगर्ने सोचमा रहेका, भूमिहीन भएका, सार्वजनिक जग्गामा पहिलादेखि नै बस्दै आइरहेका व्यक्तिहरु रहेको कार्यालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । कार्कीका अनुसार सूचीबाट हटाउन सिफारिस गरिएकामा खैरहनी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका  रहेका छन् ।  

यस्तै भूकम्पपछि प्राविधिकहरु नखटिँदै निर्माण सम्पन्न भएका ३१ घरको विषयमा कार्यालयले केन्द्रमा पठाएको कार्कीले जानकारी दिनुभयो । जिल्लामा ५९६ जना भूकम्प प्रभावित थपिएका छन् । कार्कीका अनुसार थपिनेमा ३०७ पुनर्निर्माणतर्फ र २८९ जना आंशिक क्षतितर्फ रहेका छन् । कार्यालयले गत जेठ मसान्तसम्म लिएको गुनासोका आधारमा उनीहरु लाभग्राहीको सूचीमा थपिएको हो ।

कार्यालयका इन्जिनीयर सुजन नेपालका अनुसार जिल्लाको पुनर्निर्माणको ६९ प्रतिशत काम सम्पन्न भएको छ । सात हजार ४६० लाभग्राहीमध्ये चार हजार ७२२ जनाले तेस्रो किस्ताबापतको रकम निकासा गरिसकेका छन् । यस्तै दोस्रो किस्ताबापतको रकम पाँच हजार ६०८ जनाले लिइसकेका छन् । पहिलो किस्ता सम्झौता गर्नेको सङ्ख्या छ हजार ७८४ रहेको छ । लाभग्राहीको सङ्ख्या थप भई सात हजार ७६७ पुगेको हो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...