बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘प्रेम गर्ने जन्तर’ लिएर सरुसा भेट्न पुगे नाजिर

आइतबार, २७ पुस २०७६, १२ : ५४
आइतबार, २७ पुस २०७६

काठमाडौं । अभिनेता नाजिर हुसेन चलचित्र अभिनयमा प्रवेश गरेको लगभग ५ वर्ष पुग्यो । नत उनको कुनै गसिप बन्ने गरेका छन् । न त उनी स्टारको सूचीमा नै पर्न सफल छन् । तर, अभिनयको व्यस्तता भने उनको स्टारको भन्दा बढी छ । 

सायद, त्यसैले होला चलचित्रमा मात्र होइन, अचेल नाजिरको म्युजिक भिडियोमा पनि माग बढ्दो छ । पछिल्लो समय सार्वजनिक भएका धेरै म्युजिक भिडियोमा पनि उनको अभिनय देख्न सकिन्छ ।

अहिलेसम्म पनि अविवाहित नाजिर अव भने प्रेम गर्ने जन्तरको खोजीमा लागेका छन् । उनले प्रेम गर्ने जन्तर रियलमा नभएर रिल लाइफमा खोजेका हुन् । उनले गाउँका पण्डित बाजेलाई प्रेम पार्ने जन्तर बाँधिदिन आग्रह गर्दै अभिनय गरेको ‘प्रेम गर्ने जन्तर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

भिडियोमा नाजिरलाई मोडल सरुसा महर्जनले साथ दिएकी छन् । सरुसासँग नाजिरको जोडी परफेट देखिन्छ । किरण पहाडीको शब्द, दीपक महर्जनको स्वर रहेको गीतको भिडियोमा कोरियोग्राफी महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारको छ । भिडियोको छायाँकन हरि घले लामाले गरेका हुन् । भिडियो रोशन श्रेष्ठले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप