शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ३ को नाम अब ‘बागमती’

आइतबार, २७ पुस २०७६, १२ : १९
आइतबार, २७ पुस २०७६

हेटौंडा । प्रदेश ३ को नाम बागमती कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।

नामाकरणबारे प्रदेशसभा बैठकमा एकमात्र प्रस्ताव परेको थियो । प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रस्ताव गरेको उक्त प्रस्तावको पक्षमा १०८ मत परेको छ ।

प्रदेशसभामा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा १०८ सांसद उपस्थित रहेकामध्ये सबै सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा शुन्य मत परेको थियो ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बागमती राखियोस् भन्ने प्रस्तावको पक्षमा दुई तिहाई मत पुगेकाले नाम बागमती कायम हुने घोषणा गरे ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप