शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तौल घटाउन करेलाको प्रयोग

आइतबार, २७ पुस २०७६, ११ : १२
आइतबार, २७ पुस २०७६

करेला बजारमा पाइने तरकारीहरुमध्ये सबैभन्दा तितो स्वाद भएको तरकारी हो । स्वाद नमिठो भएपनि करेला स्वास्थ्यको लागि भने निकै फाइदाजनक मानिन्छ । 

करेलामा भिटामिन बी १, बी २, बी ३, भिटामिन सी जस्ता भिटामिनयुक्त तत्वहरु पाइन्छ । यसैगरी, करेलामा क्याल्शियम र प्रोटिन पनि भारी मात्रामा पाइन्छ । त्यसैले, तितो करेलाको जुस सेवन गर्दा निकै लाभ मिल्छ । 

यदि तौल बढ्ने समस्या छ भने त्यसका लागि करेला सेवन निकै फाइदाजनक साबित हुनसक्छ । 

करेलाले इन्सुलिनको मात्रा नियमन गर्न र रगतमा चिनीको मात्रा सन्तुलन राख्ने काम गर्छ । करेला खाँदा शरीरमा रहेको इन्सुलिन सक्रिय हुन्छ र चिनीलाई बोसोमा परिणत हुन दिँदैन । यसरी करेलाले शरीरमा बोसो बन्न रोक्ने भएकाले यसको सेवनबाट शरीरमा तौल पनि कम हुन्छ ।

यसैगरी, करेलामा फाइबरको मात्रा पनि धेरै हुन्छ । फाइबर हुने भएकाले यसले लामो समय भोक लाग्न दिँदैन । साथै, करेलामा पानीको मात्रा उच्च हुने भएकाले तरकारीको रुपमा प्रयाग गर्दा फाइदाजनक मानिन्छ ।

त्यस्तै, करेलाले बोसो कोशिकाहरु निर्माण र वृद्धि विकास रोक्ने गर्छ । 

करेलामा क्यालोरी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । १०० ग्राम करेलामा लगभग ३४ क्यालोरी हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप