सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मेरो नोबेल शान्ति पुरस्कार कोही अर्कैले लग्यो : डोनाल्ड ट्रम्प

आइतबार, २७ पुस २०७६, १० : ४४
आइतबार, २७ पुस २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एक पटक नोबेल शान्ति पुरस्कारको सबैभन्दा ठूलो हकदार आफू भएको दोहो¥याएका छन् ।

ट्रम्पले ओहायोको टोलेडोमा आफ्ना समर्थकलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले अघिल्लो वर्षको नोबेल पुरस्कार खासमा आफूले पाउनु पर्ने दावी पेस गरेका हुन् ।

‘म तपाईंलाई नोबेल शान्ति पुरस्कारबारेमा बताउन चाहन्छु । मैले सहमति गरेँ र एउटा देशलाई बचाएँ । तर पछि मैले के सुने भने उक्त देश बचाएकोमा सोही देशका प्रमुखलाई नोबेल शान्ति पुरस्कार दिइयो । त्यसपछि मैले आफैसँग भने – यसमा म के नै गर्न सक्छु र ? मुख्य कुरा वास्तविकता के हो हामीलाई थाहा छ । मैले एउटा ठूलो युद्धलाई रोके ।’

ट्रम्पले कुन घटनाबारे बताएका थिए ?

डोनाल्ड ट्रम्पले सम्बोधनको क्रममा न त नोबेल शान्ति पुरस्कार विजेताको नाम लिए न नै उनको देशको । तर उनले इथोपियाका प्रधानमन्त्री अबी अहमदको कुरा गरिरहेका थिए ।

४३ वर्षका अबी अहमद अफ्रिका सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुन् । उनी सन् २०१८ अप्रिलमा इथोपियामा महिनौसम्म चलेको सरकार विरोधी प्रदर्शनको बलमा देशको प्रधानमन्त्री चुनिएका थिए । विरोध प्रदर्शनको कारण उनका पूर्ववर्ती प्रधानमन्त्रीले पद छाड्नु परेको थियो ।

प्रधानमन्त्री बनेपछि उनले इथोपियामा वृहद उदारीकरणको शुरुवात गरेका थिए । उनले जेलमा बन्द हजारौँ कार्यकर्तालाई रिहा गरे र निर्वासित असन्तुष्ट नेतालाई देश फर्किने स्वीकृति दिए ।

विगतमा दमन भोगेका इथियोपियाली मिडियाले स्वतन्त्रतापूर्वक काम गर्न पाए । त्यस्तै उनले महत्त्वपूर्ण पदमा महिलाको प्रतिनिधित्व बढाए ।

अबी अहमदलाई नोबेल दिनुको कारण

अघिल्लो वर्ष अक्टोबरमा नोबेल समितिले अबी अहमदलाई नोबेल शान्ति पुरस्कारको विजेता घोषणा गर्दै भनेको थियो, ‘छिमेकी इरिट्रियासँग सिमाना विवाद अन्त्य गर्न अबिले निभाएको निर्णायक पहलको लागि अबीलाई पुरस्कारबाट सम्मानित गरिएको छ । ’

अबी अहमदले इथोपियाली प्रधानमन्त्रीको हिसाबमा छिमेकी इरिट्रियासँग दुई दशकदेखि चलिरहेको संघर्ष अन्त्य गरेर शान्ती स्थापित गरेका थिए ।

इथियोपियाले २०१८ जुलाईमा इरिट्रियासँग शान्ति सम्झौता गरे । योसँगै सन् १९९८–२००० मा सुरु भएको सैन्य गतिरोध २० वर्षपछि समाप्त भएको थियो ।

सन् २०१८ सेप्टेम्बरमा अबीले इरिट्रिया र जिबुटीबीच कैयौँ वर्षदेखि चल्दै आएको राजनीतिक शत्रुतालाइ अन्त्य गरेर कूटनीतिक सम्बन्ध समान्य बनाउन सहयोग गरेका थिए ।

यस अतिरिक्त अबीले केन्या र सोमालियामा समुन्द्री क्षेत्रलाइ लिएर चलिरहेको संघर्ष अन्त्य गर्न पनि मध्यस्थता गरे ।

इथियोपिया–इरिट्रिया सम्झौतामा ट्रम्पले भूमिका

खासमा यो सम्झौतामा डोनाल्ड ट्रम्पको कुनै भूमिका नै थिएन । किनभने शान्ती वार्तामा अमेरिकाको प्रभाव नगण्य थियो । बीबीसीका इथोपियाका लागि पूर्व–सम्वादाता इम्यानुएल लगुन्जाका अनुसार दुई देशबीच शान्ति सम्झौता गराउन साउदी अरबको महत्त्वपूर्ण भूमिका थियो ।

यो शान्ती सम्झौताको कारण इरिट्रियामाथि सन् २००९ देखि लागेको प्रतिबन्ध हटाइयो । सम्झौताको चार महिनापछि २०१८ नोभेम्बरमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले प्रतिबन्ध हटाउने फैसला लिएको थियो ।

ट्रम्पले किन गरे यस्तो तर्क ?

ट्रम्पको पछिल्लो दाबी के आधारमा आएको हो, स्पष्ट छैन । नोबेल शान्ति पुरस्कारको घोषणा अक्टोबर ११ का भएको थियो । डिसेम्बर १० मा अबी अहमदले पुरस्कार ग्रहण गर्दै भाषण गरे ।

रोचक कुरा, डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको पाएपछि अबिलाई आधिकारिक रुपमा बधाइ पनि दिएनन् । तर ट्रम्पकी छोरी र उनकी वरिष्ठ सल्लाहकार इभान्का ट्रम्प र अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अबीलाई बधाइ दिएका थिए ।

हुनतः पहिलेदेखि नै ट्रम्पले सार्वजनिक रुपमा आफू नोबेल शान्ती पुरस्कारको लागि योग्य भएको बताउदैं आएका छन् । ट्रम्पले आफ्नै प्रयासको कारण किम जोङ उनलाई परमाणु हतियार छाड्न तयार गरेको दावी गर्दै आएका छन् ।

https://www.bbc.com/hindi/international-51072310

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप