हाम्रो कानले कसरी सुन्छ ?
हामी मनोरञ्जनका लागि गीत संगीत सुन्छौ । कुनै कुरा कसैलाई बताउनु पर्यो भने वा अभिव्यक्तिको माध्यमको रुपमा पनि आवाजकै प्रयोग गछौं । यो सबै कुरा हाम्रो कानको सुन्ने शक्तिको कारणले नै सम्भव भईरहेको छ । कानकै सुन्ने शक्तिको कारण हाम्रो जीवन सहज भई रहेको छ । एक छिन कल्पना गर्नुहोस त–हामी कसैले पनि कान सुन्न नसक्ने, बहिरा भयौं भने हाम्रो जीवन कस्तोहोला ?
तर के तपाईंले कहिल्यै सोच्नुभएको छ–हाम्रो कानले कसरी सुन्छ भनेर ? अवश्य पनि छैन होला । शायद सवालमा घोत्लिइबस्नु पर्ने जरुरत नै तपाईले कहिल्यै महसुस गर्नु भएन होला । किनभने हामीले कसैले बोलाउँदा वा रेडियो क्यसेट, टिभीबाट गीत संगीत सुन्नु पर्दा बोलाएको वा बटन थिचेको तत्कालै आवाज सुनिहाल्छौं ।
तर वास्तवमा, कुनै पनि ध्वनि पैदा हुनेवित्तिकै हाम्रो कानले त्यत्तिकै सुनिहालेका हुँदैन । त्यो ध्वनि हाम्रो कानले सुन्नु भन्दा पहिला त्यसको तरंगले एउटा निश्चित र लामो प्रक्रिया पुरा गरेको हुन्छ । तर त्यो प्रक्रिया अत्यन्त चाँडो र तीव्र हुने भएकोले हामी सामान्यतः महसुस नै गर्न सक्दैनौ । यसरी कुनै पनि आवाज वा ध्वनि हाम्रो कानले सुन्नको लागि त्यसले पार गर्ने प्रकृया कम रोचक छैन ।
जब कुनै आवाज पैदा हुन्छ, त्यो आवाजको तरंग कानको बाहिरी भागबाट प्रवेश गरेर कनको मध्यभाग हुँदै भित्री भागतिर बढ्छ । त्यसरी प्रवेश गरेको तरंग कानको बाहिरी भागमा रहेको करीब ३ से.मी लामो श्रवण नली हुदै कानको मध्यभागमा रहेको करीव १.५ से.मी. चौडा र त्यत्ति नै लामो साँघुरो गल्ली (additory Canal) पार गरेर कानको मध्य भागमा रहेको पर्दा (Ear drum) मा गएर ठोकिन्छ । कानको पर्दामा ध्वनिको तरंग ठोक्किए पछि पर्दामा कम्पन पैदा हुन्छ ।
त्यो कम्पनले पर्दासंगै रहेको घन जस्तो सानो र लचिलो हड्डीले बनेको अंग (Hammeer) लाई हल्लाउँछ । त्यो ह्यमरले अर्को अंग (Anvil) लाई धकेल्छ र त्यो एन्भिलको अर्को भाग स्टीर अप (Stirrup) पनि भित्री कानमा स्थित कोचलिया (Cochlea) मा रहेको तरल पदार्थमा कम्पन पैदा गराउन थाल्छ । र त्यसरी पैदा भएको कम्पनलाई कोचलिया मा जोडिएर रहेको मसिना रौहरुले ग्रहण गर्छन् । कोचलियामा त्यस्ता श्रवण रौहरु हज्जारै संख्यामा रहेका हुन्छन् । र, त्यसरी ग्रहण गरिएको आवाजहरु विद्युतीय कम्पनको रुपमा रुपान्तरित हुन्छन् । सोही कम्पनको सूचना श्रवण स्नायु (auditory nerve) ले मस्तिष्कमा पुर्याउँछ । त्यसरी मस्तिष्कसम्म पुगेको आवाजको तरंगको सुचनालाई मस्तिष्कले आवाजमा परिणत गर्छ त्यसपछि मात्रै हामी ध्वनिको त्यस तरंगलाई आवाजको रुपमा सुन्छौं ।
Title Photo: https://static.wixstatic.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चालक हटेपछि तत्काल सेयर किनबेच खुलाउनुपर्ने माग
-
विचाराधीन मुद्दाबारे न्यायाधीश फुयाँलले भने– हामी मिलाउने पक्षमा छौँ
-
रवि गोर्खा मिडियामा हुँदा १२३७ वटा चेक काटेर साढे ५९ करोड भुक्तानी, सूर्यदर्शनलाई तिरे ३१ लाख
-
१२ वटा क्याम्पस प्रमुखका लागि ४९ जनाको सर्टलिष्ट
-
भरत जंगमलाई ५ दिन हिरासतमा राख्न म्याद, कोषाध्यक्ष पनि पक्राउ
-
दुई दलीय संयन्त्रले गरेको बजेट पुनरावलोकनको निर्णय कोशीमा कार्यान्वयन नहुने