बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीको बिहेमा आर्थिक सहयोग गर्दै मौलापुर नगरपालिका

आइतबार, २७ पुस २०७६, १० : २४
आइतबार, २७ पुस २०७६

रौतहट । मौलापुर नगरपालिकाले नगरक्षेत्र अन्तरगतका सैयौछोरीको बिहेमा नगद आर्थिक सहयोग गरेको छ ।

अतिविप्पन तथा दलित गरिब परिवारको छोरीको विहेमा ठूलो आर्थिक समस्या हुने गरेको कारण नगरपालिकाले त्यस्ता परिवारलाई आर्थिक सहयोग गरेको हो ।

नगरप्रमुख रीनाकुमारी साहले एक समारोहबीच शुक्रवार २७ जनालाई जनही २५ हजारको चेक हस्तारन्तरण गरेकी थिइन् ।

मौलापुर–६ का जितुु पण्डित कुम्हार, मौलापुर–२ का अमिन्द्र राउत कुर्मी, बिनोद बैठा, मौलापुर–७ का अमोद बरै, सुरज महरा चमार, टँईटी देवी यादव, रामलक्षन कुश्वाहालगायतकालाई छोरीको बिहेका लागी मेयर साहले चेक हस्तान्तरण गरेकी थिइन् ।

यसअघि आर्थिक वर्ष २०७५/०७६ मा मौलापुर नगरपालिकाले छोरीको बिहेका लागी एक सयभन्दा बढीलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गरेको प्रशासकिय अधिकृत सिकेन्द्र साहले जानकारी दिएका छन् ।

गत वर्षमा नगरपालिकाको कार्यपालिकाको बैठक बाट छोरीको विहेको लागी २५ लाख रुपैयाँ छुट्याएको थियो तर अपुग रकम भएपछि २७ जनालाई यस आर्थिक वर्षबाट भुक्तानी गरीएको अधिकृत साहले बताएका छन् ।

साक्षरतामा देशकै पुच्छारमा रहेका रौतहटमा गरीबी पनि त्यत्तिकै भएकाले यस आर्थिक वर्षमा गरिब, दलित, बिप्पनको छोरीको बिहेमा सहयोगको लागी नगरपालिका बाट ४० लाख रुपैयाँ तेस्रो नगरसभाले छुट्याएको लेखा अधिकृत पवन महतोले बताएका छन् ।

त्यतिमात्र नभइ मौलापुर नगरपालिकाले किसानलाई विभिन्न बालीको उन्नत बिउ, सिचाईंको लागी पानी र मालपोत कर पनि निःशुल्क गरेको हो ।

नगरपालिकाले पञ्जिकरण (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाईसराई दर्ता), नाता प्रमाणित, विभिन्न खाले सिफारिश देखि लिएर मालपोत सम्मको सेवामा कुनै कर नलिने गरेको जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले जनतालाई धेरै आर्थिक भार पर्न नदिन नगरबाट दिइने सेवाहरु निःशुल्क बनाइएको बताइन् ।

नगरप्रमुख साह पूर्वमन्त्री एवम् नेकपाका संघिय सांसद प्रदेश २ का अध्यक्ष प्रभु साहको श्रीमती हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप