जाउलाखेललाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा
शनिबार, २६ पुस २०७६, २२ : ३३
काठमाडौं । मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा मच्छिन्द्रले जाउलाखेल युथ क्लबलाई १–० गोलले हरायो ।
मच्छिन्द्रको जितमा विशाल राईले गोल गरे । विशालले ३१ औं मिनेटमा गरेको गोलनै निर्णायक बनेको थियो । मच्छिन्द्रका पिटर सेगुन म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै मच्छिन्द्रले ६ खेलबाट १३ अंक बनाएको छ । नौ अंक बनाएको जाउलाखेल पाँचौं स्थानमा छ ।