शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा चरिकोटतर्फ गइरहेको बस दुर्घटना, ३२ यात्रु घाइते

शनिबार, २६ पुस २०७६, २२ : २९
शनिबार, २६ पुस २०७६

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजर नपा ४ मा गएराती भएको सडक दुर्घटनामा ३२ जना घाइते भएका छन् । दुर्घटनामा एकजनाको अवस्था गम्भीर रहेको छ । 
पूर्ववाट पश्चिमतर्फ गइरहेको ना.४ ख. ३४५३ नम्बरको ट्रकमा सोही दिशाबाट आइरहेको ना. ६ ख. ७७३६ नम्वरको यात्रुबहाक बस ठोक्किंदै पुन सडक किनारामा रहेको बरको चौतारोमा ठोक्किएर बस दुर्घटना भएको हो ।

काँकडभिट्टाबाट दोलखाको चरिकोटको लागि गइरहेको बसका चालक निदाएर ट्रकमा ठोक्किँदै बरको चौतारीमा ठोकिएपछि ३२ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए । बसमा ३५ यात्रु सवार रहेका थिए ।

गम्भिर घाइते बसका चालक झापा मेची नगरपालिका ६ का करिव ३४ वषीय राजु भुजेलको गोलबजारमा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको जनाइएको छ । अन्य घाइतेहरुको गोलबजारस्थित विभिन्न स्वास्थ्य संस्थाहरुमा सामान्य उपचारपछि गन्तव्यतर्फ फर्किएका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप