बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जिप अनियन्त्रित पल्टिँदा १७ वर्षीय किशोरको मृत्यु

शनिबार, २६ पुस २०७६, २१ : २८
शनिबार, २६ पुस २०७६

पोखरा महानगरपालिका–१३ आर्वास्थित थापा चौतारा नजिकै जिप दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।
        
    आर्वाको उपल्लो गाउँबाट काहुँखोलातर्पm आउँदै गरेको दाना बोक्ने ग२च ९८५ नंको जिप अनियन्त्रित भई अचानक पल्टिँदा १७ वर्षीय मनबहादुर सुनारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
         
    स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं १ दरौँ सिरुवारी घर भई पोखरा– १४ चाउथे बस्दै आएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।        जिपमा सवार अन्य दुई जनाको अवस्था सामान्य रहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप