नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने

person explore access_timeपुस २६, २०७६ chat_bubble_outline0

नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रले गोँगबुले आज  आयोजना गरेको ‘शान्ति सुरक्षा सुदृढीकरण कार्यक्रम’मा गोँगबु क्षेत्रलाई अपराधमुक्त क्षेत्र बनाइने बताइएको हो । 


    कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मुलुकको राष्ट्रिय बसपार्क नयाँ बसपार्कमालाई शान्त, सुन्दर बनाउन यहाँको शान्ति सुरक्षालाई व्यवस्थित बनाउनु जरुरी रहेको बताए । “नयाँ बसपार्कभित्र देखिएको विकृति विसङ्गति अन्त्यका लागि सुरक्षा योजना बनाएर आजैदेखि थप प्रहरी परिचालन गछौँ”, उनले भने । 



    उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गनुपर्ने बताए । समाजमा हुने बेविचार, दूराचार र भ्रष्ट्राचार अन्त्य गरेमात्र मुलुकको विकास हुने उनको भनाइ थियो । 



    काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले नेपाल भ्रमण वर्षमा आउने विदेशी पाहुनालाई नयाँ बसपार्कमा आउने वातावरण सिर्जना गर्नुपर्ने बताए । 

    महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोँगङ्बु क्षेत्रमा देखिएको विकृति अन्त्य प्रहरी एक्लैले गर्न नसक्ने भन्दै त्यसको अन्त्यका लागि स्थानीय बासिन्दाको समेत सहयोगको आवश्यकता रहेको बताए । 

    केन्द्रका अध्यक्ष राकेश सिंह, जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्की, नेपाल कम्युनिष्ट पार्टीकी नेत्री कल्पना शर्मालगायतले नयाँ बसपार्कमा हुने विकृति अन्त्यका लागि प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।