ठमेलमा मिथिला र नेवारको फ्युजन
काठमाडौँ । ठमेलको नाम लिने बित्तिकै पर्यटक क्षेत्रको सम्झना हुन्छ । २४ घण्टा रहने जागा रहने ठमेल विभिन्न गतिविधिले बदनाम पनि हो । नेपाल आउने पर्यटकहरु एकपटक अवश्य ठमेल छिर्छ, मानौं विश्वका पर्यटकलाई समेटेर राख्न सकने क्षमता भएका एउटा क्षेत्र ठमेल मात्रै हो ।
ठमेल जाँदा विभिन्न देशका पर्यटकहरुको चहलपहल देख्न पाइन्छ । पर्यटकको च्वाइस अनुसारका पसल तथा मसाज सेन्टरहरु खोलिएका छन् पर्यटकीय माहोल र भीडभाडको बीचमा एक कुनातिर मिथिला गतिविधि भइरहेका हुन्छन् । सिरहा सुखीपुरका श्यामसुन्दर यादवले खोलेका मिथिला यें आर्ट ग्यालेरीमा दैनिकजसो मिथिलाका काला क्षेत्रको छलफल र प्रदर्शन भइरहेका हुन्छन् ।
त्यहाँ मिथिला र ठमेलको अदभुत फ्युजन गरिएको चित्रकालाहरु ग्यालेरीको भित्ताहरुमा हेर्न पाइन्छ । श्यामसुन्दर यादव ठमेल जस्तो ठाउँमा मिथिलाको कला, सँस्कृतिलाई चिनाउने प्रयास गरिरहेका छन् । ठमेल क्षेत्र नेवारहरुको बाहुल्य भएको क्षेत्र हो । त्यहाँ रैथाने नेवारहरु बस्छन् । नेवारको कलासँस्कृतिहरु ठमेलको भित्ताहरुमा देख्न पाइन्छ । विभिन्न चाडपर्वमा नेवार समुदायको चहलपहल त्यहाँ देख्न पाइन्छ तर त्यही बीचमा एउटा मिथिला कलासँस्कृतिले पनि आफ्नो पहिचान बनाएको छ । र, नेवार समुदायका मन पनि जितेको छ ।
ठमेल घुम्न आएका पर्यटकहरु बेलाबेलामा छिर्छन र त्यहाँ मिथिला कला सँस्कृतिलाई चिन्छन् । श्यामसुन्दर यादव भन्छन्, ‘मेरो ध्येय मिथिलाले काठमाडौंलाई चिनोस् र काठमाडौँले मिथिलालाई चिनोस् भनिरहेको छ । त्यसैले आफ्नो आर्ट ग्यालेरीको नाम मिथिला येँ राखेको छु ।’
मिथिलाको अर्थ तराई मधेशको कलासँस्कृतिलाई झल्काउँछ भने येँ नेवारी शब्द हो । यसको अर्थ काठमाडौँ हुन्छ । नेवार र मिथिलाको सङ्गम काठमाडौँ ठमेलका नेवार विभूतिमान सिंह र मिथिलाका श्यामसुन्दर यादव मिलनले २०६२ सालमा मिथिला येँ आर्ट ग्यालरी स्थापना भएको थियो ।
मिथिला र काठमाडौंको फ्युजन गराएर नेपालको आर्ट अर्थात चित्रकालालाई विश्वमै चिनाउने श्यामसुन्दरको उद्देश्य रहेको छ । त्यसैले सायद त्यो आर्ट ग्यालेरीमा अन्तराष्ट्रिय चित्रकाला प्रदर्शनीहरु नियमित रुपमा भइरहेका हुन्छन् ।
बङ्गलादेशदेखि, भारत, श्रीलंका, जापान, चीन, अमेरिकालगायतका कालाकारहरु मिथिला येँ आर्ट ग्यालेरीमा आफ्ना चित्रकाला प्रदर्शन गरिसकेका छन् । उनको ग्यालेरीमा छिर्दा पुरै मिथिलाको सुगन्ध पाइन्छ । ग्यालेरीको भित्तामा मिथिलाको ‘गोसाउनी’, अर्थात् कुलदेवी भगवतीको पेन्टिङ राखिएको छ ।
त्योसँग राधाकृष्णको पनि कलात्मक पेन्टिङ राखिएका छ । राधाकृष्णको यो पेन्टिङ पनि मिथिला र काठमाडौँको फ्युजन रहेको श्यामसुन्दर बताउँछन् । श्यामसुन्दर आफै पनि विदेशहरुमा आफ्नो चित्रकाला प्रदर्शन गरेका छन् ।
मल्लकालदेखि नै नेवारी समुदायमा मैथिल र मिथिला संस्कृतिको बाक्लो प्रभाव देखेपछि उनले मिथिला र काठमाडौँको नाम राखेर ग्यालेरी चलाई रहेका छन् ।
ठमेलस्थित चाक्सिवारीमा जहाँ काँग्रेस पार्टीको चहलपहल पनि हुन्छ । गणेशमान सिंह जस्ता राजनीतिका हस्ती बस्ने चाक्सिबारीमा प्रकाशमान सिंहको घर छ । उनकै भाइको घरमा मिथिला येँ ग्यालेरी छ । त्यही भएर होला श्यामसुन्दर यादवको चित्रकालामा राजनीतिक व्यग्यंका रंगहरु पोतिएका हुन्छ ।
देशमा दोस्रो आन्दोलन चर्किरहेको बेला श्यामसुन्दर ठेमलमा मिथिला येँ स्थापना गरेका थिए । श्यामसुन्दर यादव आफै काँगेस पृष्ठभूमीका हुन् । उनका परिवार पनि काँग्रेसमै मतदान गर्छन् । काँग्रेस भएको कारणले उनलाई त्यस्तो काँग्रेसी वतावरणमा घुलमिल हुन समय लागेन ।
र, आफ्ना कलाकृतिले पुरै ठमेलको मन जित्न सफल भएका श्यामसुन्दरले मिथिला र नेवार फ्युजनका विभिन्न विधाहरुको चित्रकाला प्रदर्शनमा राखेका छन् । कहिले कृष्ण चरित्र, कहिले थाङ्का वा कुनै लोककला विशेष त कहिले आधुनिक मिथिला चित्रकाला प्रदर्शनीमा राखेका छन् । ग्यालेरी स्थापना भएको १४ वर्ष भइसकेको छ ।
उनी भन्छन्, ‘नेवारको कलासँस्कृतिसँग मिल्दो जुल्दो छ मिथिलाको कालासँस्कृति । त्यसले गर्दा त्यसलाई फ्युजन गर्न मलाई समय लागेन ।’ ठमेल पर्यटकका लागि मात्र होइन, राजनीतिमा पहिचान बोेकेको क्षेत्र पनि हो । विभिन्न प्रकारका युवाहरुले ठमेलबाट विभिन्न नामले चन्दा उठाइरहेका छन् ।
तर ग्यालेरी खोलेको १४ वर्ष भइसक्यो तर आजसम्म कसैले डरधम्की दिएर आफूसँग चन्दा नमागेको श्यामसुन्दर बताउँछन् । उनी भन्छन्, ‘बरु ठमेलका स्थानीय युवाहरुले मलाई नै सहयोग गर्छन् । यहाँ कसैले डराउने धम्काउने काम गर्दैन ढुक्कले काम गर्नुस् भनि स्थानीय युवाहरुले भनेका छन् ।’
को हुन् श्यामसुन्दर ?
४१ वर्षीय श्यामसुन्दर सानैदेखि आर्टमा रुचे राख्थे । स्कूल पढ्न जाँदा पनि कापीमा चित्रहरु कोरेर मात्र बस्थे । उनका घरमा सबै साइन्स पढेका छन् । उनलाई पनि बुवाले साइन्स पढाउने सोच बनाएका थिए ।
तर, श्यामसुन्दर चार कक्षादेखि मिथिला आर्टप्रति आकर्षित भएका थिए । छोरा आर्ट तथा चित्रकालातिर गयो भने पढाई बिग्रिन्छ सोचेर उनका बुवाले घरमै एउटा शिक्षक राखेका थिए । त्यो शिक्षकले गृहकार्य दिँदा उनले चित्र बनाएर शिक्षकलाई दिन्थे ।
श्यासुन्दरको रुची चित्रकालामा रहेको कुरा शिक्षकले उनका बुबालाई भनेका थिए । तैपनि उनका बुवाले यो चित्रकालातिर नजाओस् भनि बुवाको चाहना थियो । तर, श्यामसुन्दरको जिद्दीका कारण उनको बुवाको केही चलेनन् । उनका हजुरआमाले घरको भित्ताहरुमा मिथिलाका चित्रकाला बनाउँदा श्यामसुन्दर त्यसमै रमाउँथे । हजुर आमालाई भित्ता तथा आँगनमा चित्रकोर्नमा सघाउँथे उनी । भित्तामा कोरिएका चित्रमा रंग भर्ने काम गर्थे ।
तराई मधेशतिर महिलाहरुले आआफ्ना घरको भित्तामा चित्र कोर्ने गर्छन् । त्यसमा पुरुषको कुनै हात हुँदैन । तर, श्यामसुन्दरले भित्ताहरुमा चित्र कोर्दा कतिपयले उनलाई जिस्काउँथे । महिलाले गर्ने काम पुरुषले गर्छन् भनेर स्थानीयहरु गिज्याउँथे तर उनी हार मानेनन् । उनलाई चित्रकालामा कसरी राम्रो गर्न सकिन्छ भनि सोच्न थाले । गाउँ गाउँका भित्ताहरुका कोरिएका चित्रहरु अध्ययन गर्न थाले ।
त्यतिबेला भारतको विभिन्न गाउँ डुलेका थिए । त्यसबाट उनले निकै शिक्षा प्राप्त गरे । तैपनि उनको ‘प्यास’ मिटेन, चित्त बुझेन । मिथिला चित्रकालाको गहिराईसम्म पुग्नका लागि उनै निकै भौतारिए । त्यहीबेला उनलाई पढाउने शिक्षकले काठमाडौँमा चित्रकाला सम्बन्धी पढाई हुन्छ भनेका थिए ।
त्यसपछि श्यामसुन्दरमा काठमाडौँ गएर चित्रकाला पढ्ने कौतुहलता जागेका थियो । भारतको बनारसमा पनि चित्रकाला सम्बन्धी पढाई हुन्छ भनि थाह पाएर १७ वर्षको उमेरमा एक्लै भारतको वनारस पुगेका थिए । तर, त्यहाँ भर्ना लिने म्याद सकेपछि उनी निराश भएर घर फर्के ।
त्यसपछि उनी काठमाडौँ आए । उनको लागि काठमाडौँ पुरै बिरानो थियो । काठमाडौँ आएर ललितकाला क्याम्पसमा भर्नाका लागि गएका थिए । उनी तर त्यहाँ पनि भर्नाका म्याद सकिसकेको थियो । भर्ना हुन पाएनन् । फेरी उ निराश भए तर हिम्मत हारेनन् । ललितकाला क्यम्पस धाउन थाले ।
उनी कक्षाकोठामा गएर बस्न थाले । आर्ट सम्बन्धी नजानेका कुरा विद्यार्थी तथा शिक्षकबाट सोध्थे । उनको लगनशिलता र चासो देखेर प्रध्यापकहरु कक्षा कोठामा बस्न सहज बनाए । उनी नियमत रुपमा क्याम्पस जाने थालेका उनी अर्को वर्ष प्रवेश परीक्षा दिएर क्याम्पसमा दिएका प्रवेश परीक्षामा उनी प्रथम भएका थिए ।
शुरुवातको दिनमा श्यामसुन्दरले आफ्नो चित्रकाला प्रदर्शन तथा विक्रि गर्नजान्थे । तर मिथिला आर्ट हुन्छ भने धेरैले पत्याएका थिएनन् । कतिपय ठाउँमा अपमान पनि हुनुपर्यो तर उनले हार मानेनन् । उनी चित्र बनाउँथे र ठाउँ ठाउँमा देखाउन शुरु गरेका थिए । १३ वर्षअघि उनलाई आएको फोनले जीवन नै परिवर्तन गरिदियो । विभुतमान सिंहले उनलाई फोन गरेर एउटा मन्दिरमा चित्र कोर्ने सोधेका थिए । ।
यो कुरा सुनेर उनको खुसीको सीमा थिएन । उनी त्यो मन्दीरमा तीन महिनामै सकाइ दियो । जबकि १० महिना लगाएर चित्र बनाउन सम्झौता गरेको थियो । त्यो सम्झौता अनुसार विभुतमानको कार्यालयमा धाउन थाले । त्यहाँ गएपछि घाम ताप्न केही काम हुँदैन्थ्यो । कुनै काम नभएका कारण उनलाई त्यहाँ बोर हुन्थ्यो ।
यसरी खाली बस्न नसक्ने गुनासो विभुतमान सिंहसमक्ष गरेका थिए । त्यसपछि उनै विभुतमानले आफ्नै घरको भूइतल्ला दिएका थिए । र, त्यसलाई बडो मेहनतका साथ सरफाई गरी उनले त्यसलाई आर्ट ग्यालरी बनाए । र, शुरु भयो मिथिला चित्रकालाको यात्रा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम भिजिबिलिटीका कारण सिमरा र जनकपुरका उडान स्थगित
-
भुतमेला हेर्न धनुषाको कमला नदीमा भीड
-
३८ वटा निर्वाचन अधिकृत कार्यालय स्थापना
-
नेपाल प्रिमियर लिग क्रिकेटको मुख्य प्रायोजक सिद्धार्थ बैंक हुने
-
चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण ‘चाइना कार्ड’ : प्रचण्ड