शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी भ्रमणमा टोखाको टोलीः आज रेसुङ्गा, स्वर्गद्धारी भोली

शनिबार, २६ पुस २०७६, १२ : ३९
शनिबार, २६ पुस २०७६

बुटवल । गुल्मीमा भ्रमण बर्ष २०२० को शुभारम्भपश्चात आन्तरिक पर्यटक भित्र्याउने पहिलो स्थानीय सरकार  छत्रकोट गाउँपालिका बनेको छ । काठमाडौँको टोखा नगरपालिकाका जनप्रतिनिधीसहितको टोलीलाई गुल्मी भ्रमणमा निम्ताएर भ्रमण बर्षमा औपचारिक रुपमा सबैभन्दा पहिला आन्तरिक पर्यटकहरु जिल्ला भित्र्याउने श्रेय छत्रकोट गाउँपालिकाले पाएको हो ।

गत ३ दिनदेखि टोखा नगरपालिकाका मेयर  प्रकाश अधिकारीसहित ३४ जनाको टोली गुल्मीको भ्रमणमा रहेका छन् । पहिलो दिन नेपालका चारधाममध्ये एक मानिने  रुरु धार्मिक क्षेत्र हुँदै टोखा नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु गुल्मी भ्रमणको सुरुवात गरेका थिए ।

त्यसलगत्तै रिडी बजारदेखि माथि थानापति थोर्गाको उखु खेतीको अवलोकन गदै टोली भण्डारे डाँडामा रहेको देशकै पहिलो कफी प्रशोधन केन्द्रमा पुगेको थियो । त्यस्तै टोली श्रृङ्गा डाँडास्थित  श्रृगेश्वर तपोभूमि हुँदै छत्रकोट गाउँपालिकाभित्र प्रवेश गरेको थियो ।

छत्रकोट गाउँपालिकाको देउरालीमा रहेको ९ लाख लिटर क्षमताको पानी ट्याङकी अवलोकन गरे पश्चात भ्रमण टोलीले दिगामको उखु, सुन्तला र तरकारी खेतीको अवलोकन गरेको थियो । ऐतिहासिक धार्मिक स्थान चोयगा छत्रकोट देवालयको पनि मेयरको टोलीले दर्शन गरेको थियो ।  

टोखा नगरपालिकाको टोली गुल्मी भ्रमण आएको  दास्रो दिन चोयगास्थित छत्रकोट देवालय परिसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छत्रकोट गाउँ कमिटीले कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमको आयोजना समेत गर्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप