शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ बानेश्वरबाट समातिए १३ जना जुवाडे

शनिबार, २६ पुस २०७६, ११ : २८
शनिबार, २६ पुस २०७६

काठमाडौँ । प्रहरीले नयाँ बानेश्वरबाट १३ जना जुवाडेलाई पक्राउ गरेको छ । शुक्रबार साँझ विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरले १३ जना जुवाडेलाई पक्राउ गरेको हो । 

काठमाडौं महानगरपालिका–३१ स्थित एक घरमा जुवा खेलिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिउको वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए । 

पक्राउ परेका १३ जनाको साथबाट तीन लाख ७५ हजार ४९० रूपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अधिकांश स्थानीय व्यावसायी छन् ।  पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप