शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको क्यासिनोमा नेपाली युवाको मृत्यु

शनिबार, २६ पुस २०७६, ११ : १७
शनिबार, २६ पुस २०७६

अमेरिकाको मेरिल्याण्डस्थित एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनोमा (जुवाघर) मा एक नेपाली युवाको मृत्यु भएको छ ।

शुक्रबार (जनवरी १०) मेरिल्याण्ड निवासी नेपाली युवा गिताञ्जय ढकालको मृत्यु भएको हो । 

अन्दाजी ३० वर्षीय ढकालको मृत्युबारे मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीका प्रहरीले अनुसन्धान गरिहेको छ । प्रहरीका अनुसार जासुस शेफर्डले यो मुद्दा हेरिरहेको छ । 

ढकालको शव बाल्टिमोरमा राखिएको छ भने आफन्तको खोजतलास गरिरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले परिवारका सदस्यलाई बाहेक अरुलाई कुनै सूचना दिन नमिल्ने भन्दै घटनाबारे केही बताएको छैन । 
 फेसबुकमा उनको नाम गीतन उप्रेती रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप