गाउँ गाउँमा देशभक्तिको उर्जासन्चार
दुई दिनअघि म आफ्नो गाउँमा पुगेको थिएँ । साँझको समय थियो । घर पुग्नुअघि एकजना साथीकोमा पुगेँ । म पुग्दा मित्रका आँगनमा टन्नै मानिस थिए । परम्परागत नाचसहितको भजन घन्किरहेको थियो ।
‘ए हो हो पहिला आरती !’ भट्ट्याउने गुरु कराए, ‘हाम्रा वीर पुर्खालाई पहिला आरती !’
सोरमा सोर मिलाउँदै साथ दिनेहरु कराए, ‘ए हो हो हाम्रा वीर पुर्खालाई पहिला अरती । ए हो हो !’ खैँचडी बजाएर बुरुक्क नाचे साथ दिनेहरु ।
गुरु पुनः भट्ट्याउन थाले.....‘कुनै दिन हाम्रो नेपाल कस्मीरदेखि व्रह्मपुत्रसम्म थियो । वेदपुराणले हाम्रो महिमा गाउँथे । संसारमा अन्यत्र नभएको जरीबुटी हाम्रो मुलुकमा थियो । ऋषिमुनिहरु हाम्रै हिमालमा बसेर तपस्या गर्थे । अठार पुराण रच्ने व्यास हाम्रै बाजुरामा जन्मेका थिए । रामायण महाकाव्य बनाउने संस्कृत भाषाका आदिकवि वाल्मीकी हाम्रै गैंँडाकोटमा बस्थे । यजुर्वेद संहिता बनाउने ऋषि याज्ञवल्क्य हाम्रै जनकपुरमा बस्नुहुन्थ्यो । अमरकोषकार अमरसिँह शाक्य हाम्रै देशका गौरव हुनुहुन्थ्यो । हाम्रै हिमालको काखमा बसेर ऋषिहरुले वेद बनाए । महादेव शिव र पार्वती काशीबाट मानस सरोवरतिरको यात्रामा रहँदा हाम्रै आदि कैलास लिम्पियाधरुामा विश्राम गर्नुहुन्थ्यो ।
’एः कुलायन‘, ’एः शिव शिव !‘ ’हामी नेपाली !‘
ए हो हो हामी नेपाली ! ए हो हो,
(बीचमा गुरु)
उहिल्यैदेखि गौरवशाली हामी नेपाली !
साथ दिनेहरु खैंचडी बजाएर बुरुक्क नाच्दै ’ए हो हो उहिल्यैदेखि गौरबशाली हामी नेपाली !‘
गुरु—(भट्ट्याउनेक्रममा) हाम्रो नेपालमाथि पटक पटक शत्रु लागे । सात समुद्रपारीका पनि लागे । जनता बहादूर थिए । त्यति बेलाका शासक नामका भीमसेन थिए । कामका भमिसेन थिएनन् । शासकको बुद्धि नपुगेरै खुम्च्यो नेपाल । पूर्वमेची र पश्चिम महाकालीमा खुम्च्यो नेपाल । अहिले त्यही महाकालीको लिपुलेक र लिम्पियाधुरा पनि लुट्न आए ।
एः कुलायन,
एः शिव शिव,
एः लुट्न आएछ !
ए हो हो लुट्न आएछ । एः हो हो...
विस्तारवादी भारत अहिले अुट्न आएछ !
एः कुलायन, एः शिव शिव,
हामी नेपालीले छिमेकी मुलुक भारतलाई खेत बारी बन जंगल घर गोठ कारखानादेखि लिएर कठिन कठिन युद्धक्षेत्रमा पनि सघाएकाछौं । सघाउँदै आएकाछौं । आज पनि गोर्खा सैनिकका रुपमा भारतका सीमा रक्षामा हामी नै खटेकाछौं । त्यही भारत हाम्रो सुस्तादेखि लिम्पियाधरासम्मको जमीन मिच्दै छ । कब्जा गर्दै छ । यो त अति भयो । हैन र ?
हो ! (समवेत आवाज)
अतिलाई कति सहने ? अव हामी नसहौं !
एः कुलायन,
एः शिव, शिव ।
उठौं चिच्याउँदै...
ए हो हो उठौं चिच्याउँदै , ए..हो हो..
आफ्नो जमनि खोस्न दुश्मनलाई ठोक्न उठौं चिच्याउँदै ! एः हो हो...
भजन जम्दै थियो । हतारका कारण म त्यताबाट हिँडेँ । घर पुग्न अझै बाँकी थियो । बाटोमा पर्ने एउटा घरमा गीत घन्केको सुनेर पसेँ ।
घरको आँगनमा गाउँका युवायुवति टन्नै जुटेका थिए । आँगन बीचमा एक दर्जन युवा युवति समवेत स्वरमा गीत गाउँदै थिए । कति नाचिरहेका थिए ।
हाम्रो लेक लिपु लेक लिम्पियाधुरा
आज हामी कोट्याउँदैछौं आफ्ना खाँटी कुरा ।
कुटीयाङ्दी हाम्रै नदी हाम्रै कालापानी
हाम्रो बाटो हाम्रै माटो हाम्रै जिन्दगानी ।
त्यो ठाउँको सेरोफेरो हाम्रै बस्ती गाउँ
हाम्रै जाति हाम्रै भाषा हाम्रै पुर्खे नाउँ !
लुट्यो लुट्यो भारतले ल्ट्यो, ल्ट्या,े लुट्यो ।
हाम्रो भूमि हड्पनलाई आज भारत जुट्यो ।
उठौं उठौं हत्केलामा ज्यान लिई उठौं
हामी पनि वारपारको संघर्षमा जुटौं ।
अत्याचार सह्यो भने अत्याचार बढ्छ
यो चालाले दिनोदिन हाम्रो मुटू डढ्छ ।
हामी तीन करोड छौं तीनै करोड उठौं
मातृभूमि मुक्त गर्न तीनै करोड उठौं ।
हामी सवै जागेपछि माटो पनि जाग्छ ।
हामी सवै उठेपछि हिमाल अभैm उठ्छ ।
हाम्रो लेक लिपुलेक लिम्पियाधुरा
हाम्रै शिव अदि कैलास हाम्रै टाकुरा
हाम्रो पानी कालापानी हाम्रै खेतबारी
भारतको सीमाना त कुटीयाङ्दी पारी
लेकपाखा हाम्रै गाउँ हाम्रै जातगोत
भारतले लुटेपछि खपिसक्नु भो त ?
आज पनि भारतनिम्ति हामी मरिराछौं
लडाइँका मोहरीमा हामी परिराछौं ।
त्यही भारतले हाम्रो भूमि दिनोदिन लुट्छ
सीमा जोगाउन खोज्दा एसवीआइले कुट्छ ।
खपिसक्नु भएन है अव सहँदैनौं
अव सहँदैनौं हामी अव सहँदैनौं ।
हामी तीन करोड छौं देशका सिपाही
छाड्दैनौं आफ्नो जमीन आपैmले नपाई ।
हाम्रो लेक लिपुलेक लिम्पियाधुरा
विश्वलाई सुनाउँछौं हामी यो कुरा ।
कस्सिएर गुहार लाउँछौं लुटेरा भगाउन
आफू जाग्छौं संसारभरका आफ्नालाई जगाउन ।
गीत सुनेर र गाउँका युवाहरुका जोस देखेर देश र जनताको भविष्यप्रति ढुक्क हुँदै घरतिर अगाडि बढेँ । हाम्रो घरैनिर काकाको घरबाट पनि कसैको सुरिलो लय अक्कास्सिँदै थियो ।
ए च्याङ्वा, ठट्टैमा यो माटो जान लाग्यो ...
जाँदन रगत् खेर पर्ख लड्न आउँला ।
बहादूर पुर्खा हाम्रो तिनकै सन्तान हामी
मुटूभरी साहस खेल्छ पर्ख भिड्न आउँला !
ए च्याङ्वा.......
दुश्मनलाई लखेटेर जमनि खोसिल्यूँला
हामी हाम्रो जमीन हाम्रै सन्ततिलाई द्यूँला
ए च्याङ्वा....।
गीत सुन्दै घर पसेँ । खाना खाएँ । राति ननिदाउँदासम्म मेरा कानमा लिम्पियाधुरा आवाजका ती गीत बजिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभागको सेवा सुचारु
-
सिस्नेरीबाट एन्फा एकेडेमी हेटौँडा एकेडेमीमा स्थानान्तरण गरिने
-
लुम्बिनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
-
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : महत
-
बाल मानव अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला सम्पन्न
-
साहित्यकार शर्मा र साहित्यिक संस्था चिया कवितालाई लुसुन प्रज्ञा पुरस्कार