भारतले जित्यो टी–२० सिरिज
श्रीलंकाविरुद्ध तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली भारतले जितेको छ । पुनेमा शुक्रबार भएको अन्तिम तथा तेस्रो खेलमा भारतले श्रीलंकालाई ७८ रनले हरायो । भारतले सिरिज २–० ले जितेको हो । दुई टोलीबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । दोस्रो खेल भारतले सात विकेटले जितेको थियो ।
भारतले दिएको दुई सय दुई रनको जियी लक्ष्य पछ्याएको श्रीलंका १५.५ ओभरमा सवै विकेट गुमाएर एक सय २३ रनमा समेटियोएको थियो । श्रीलंकाका लागि धनन्जय डी सिल्भाले ५७ र एन्जेलो म्याथ्युजले ३१ रन बनाए । श्रीलंकालाई सस्तैमा समट्ने भारतका नाभ्दिप सैनीले तीन विकेट लिए । सार्दुल ठाकुर र वासिङटन सुन्दरले दुई दुई विकेट लिए । जसप्रित बुमराहले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा दुई एक रन बनाएको थियो । भारतका लागि लोकेश राहुल र शिखर धवनले अर्धशत बनाए । लोकेशले ५४ र शिखरले ५२ रन बनाए । मनिष पाण्डेले अविजित ३१, कप्तान विराट कोहलीले २६ र सार्दुल ठाकुरले अविजित २२ रन बनाए । श्रीलंकाका लाक्सन सान्डकानले तीन विकेट लिए । लाहिरु कुमरा र वानिन्दु हसरंगाले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने