शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको मस्जिदमा ठूलो विस्फोट, डीएसपीसहित १४को मृत्यु

शनिबार, २६ पुस २०७६, ०७ : ३६
शनिबार, २६ पुस २०७६

पाकिस्तानमा बलूचिस्तान प्रान्तको क्वेटा सहरको एक मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा १४ मानिसको मृत्यु भएको छ । घटनामा २१ घाइते भएका छन् । 

आक्रमणमा केटा सहरको डीएसपी अमानुल्लाह पनि मारिए । सहरको सिभिल हस्पिटलका एक प्रवक्ताका अनुसार घाइतेमध्ये कैयौंको अवस्था गम्भिर छ । 

पाकिस्तानी सेनाका प्रवक्ताको ट्वीटर ह्याण्डलका अनुसार सुरक्षाबलले बम विस्फोट भएको स्थानको चारैतर्फ घेरेको र सेनाले प्रहरीसँग मिलेर खान तलाशी अभियान चलाइरहेको बताएको छ । 

पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाकाले बम विस्फोटबारे बोल्दै भने , प्रहरी र प्रशासनको तर्फबाट हरसम्भव मदतभएको छ । जसले मस्जिदमा निर्दोस मानिसलाई निशाना बनाए, ती सच्चा मुसलमान हुन सक्दैनन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप