केन्द्रीय संस्करण

क्यानडामा नेपाल भ्रमण वर्ष २०२० को सुरुवात

person explore access_timeपुस २५, २०७६ chat_bubble_outline0

क्यानडा ।  क्यानडामा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न औपचारिक रुपमा प्रचार प्रसार शुरु भएको छ । क्यानडाका मन्त्री, सांसद, पर्यट व्यवसायी लगायत विदेशी तथा नेपाली प्रतिनिधिहरु माझ राजधानी अटोवा शहरमा नेपाली राजदूतावासले विशेष कार्यक्रमको आयोजना गरेको छ । 

कार्यक्रममा नेपाल भ्रमण गरिसकेका क्यानडियन नागरिक, मन्त्री, सांसद, अन्य देशका राजदूतहरु, पर्यटन ब्यबसायीहरु, पर्बतारोहीहरु, गैर आबासीय नेपाली संघ क्यानडा, नेपाल भ्रमण बर्ष २०२० समन्वय समितिका सदस्यहरु, नेपाली समुदायका विभिन्न संघ सस्थाका प्रतिनिधिलगायको उपस्थिति रहेको थियो । क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, गैर आबासीय नेपाली संघ क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, एसिस्टेन्ट डेपियुटी मिनिस्टर फर एसिया पेशिफिक एट द ग्लोबलस अफेयर्स क्यानडाका पल थोप्पी र क्यानडियन सांसद चन्द्र आर्याले दीप प्रज्वलन गर्दै नेपाल भ्रमण बर्ष सफलताको कामना गरेका थिए ।

कार्यक्रमा अथितिहरुलाई स्वागत गर्दै राजदूत ढुंगानाले नेपाल सरकारले भ्रमण बर्षको लागि आवश्यक पूर्वाधार सम्पन्न गरि २० लाख पर्यटक भित्र्याउन तयार रहेको बताउँदै क्यानडियनहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिए । 

‍यसैगरी गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष तथा नेपाल भ्रमण बर्ष २०२० को क्यानडा संंयोजक चिरञ्जीवी घिमिरेले नेपाल सरकारले मनाउँदै गरेको भ्रमण बर्ष सफल बनाउन नेपाल सरकार, राजदूताबास, नेपाली समुदायका संघ सस्थाहरु र एनआरएनए क्यानडाले हातमा हात मिलाउँदै विभिन्न कार्यक्रम मार्फत क्यानडियन समुदायमा प्रचार प्रसार गरिने बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.