केन्द्रीय संस्करण

यस्तो पो रहेछ बोटविरुवाको रंग हरियो हुनुको कारण

क्लोरोफिल नामक पदार्थ नहुँदो हो त सम्भवतः यस पृथ्वीमा मानव र प्राणीहरुको जीवन नै सम्भव हुने थिएन होला

person explore access_timeपुस २५, २०७६ chat_bubble_outline0

 

अधिकांश बोटविरुवाहरुको रंग हरियो हुन्छ । यो हरियोपना बोटविरुवाहरुको विशिष्टता हो । यो एउटा विशिष्टताले नै मात्र पनि प्राणी र बोटविरुवामा सजिलै भिन्नता गर्न सकिन्छ ।

बोटविरुवालाई हरियो बनाउने काम त्यसमा हुने क्लोरोफिल (chlorophyll)  नामक पदार्थले गरेको हुन्छ ।

यो क्लोरोफिल नामक पदार्थ बोटविरुवाको पात, डाँठ र कहिलेकाहीँ फूलको कोषमा समेत हुन्छ । यही क्लोरोफिलको मद्दतले नै बोटविरुवाहरुले सूर्यको प्रकाशको उपस्थितिमा जराबाट सोसेर ल्याएको माटोमा भएको पानी तथा लवणहरु र हावामा भएको कार्वनडाइअक्साइड लिएर खाद्य अर्थात् कार्वोहाइड्रेड बनाउँछन् । त्यही खाद्य पदार्थको प्रयोगले तिनीहरुले ऊर्जा ग्रहण गर्छ तथा त्यस ऊर्जालाई उपयोग गरेर अजैविक रसायनलाई जीवनदायी जैविक रसायनमा परिणत गरिदिन्छन् । सामान्यतः विरुवाको खाना बनाउने प्रक्रिया भनी बुझिने यस प्रक्रियालाई अंग्रेजीमा फोटोसिन्थेसिस (photosynthesis) भनिन्छ । क्लोफिल मुख्यतः पातमा हुने भएकोले यो प्रक्रिया विरुवाको पातमा नै भएको हुन्छ । यो शब्द ग्रिक शब्दबाट आएको हो, जसको अर्थ प्रकाश (light)  र सँगै राख्नु (put together) हुन्छ ।

गहिरिएर सोच्ने हो भने, बोटविरुवामा हुने क्लोरोफिलले त्यसलाई हरियो बनाउने काम मात्र गरिररहेको हुँदैन, वास्तवमा यसले त समग्र सृष्टिको जीवनचक्रलाई नै निरन्तरता प्रदान गरिरहेको हुन्छ । यो क्लोरोफिल नामक पदार्थ नहुँदो हो त सम्भवतः यस पृथ्वीमा मानव र प्राणीहरुको जीवन नै सम्भव हुने थिएन होला । किनभने, क्लोरोफिल नहुने हो भने, विरुवाले खाना बनाउन सक्दैनथ्यो । खाना बनाउन नसक्दा बोटविरुवा हुर्कन सक्दैनथ्यो । बोटविरुवा हुर्कन नसक्दा त्यसमा आश्रित शाकाहारी प्राणीहरु पनि हुने थिएन भने शाकाहारी प्राणी नहँुदा त्यसमाथि आश्रित रहने मांसहारी प्राणी हुने त कुरै भएन ।

त्यसो त हरियो रंग नै नहुने बोटविरुवाहरु पनि हुन्छन्, तिनीहरु चाहिँ कसरी बाँच्न सक्छ त भन्ने प्रश्न पनि उठ्न सक्छ । जस्तो कि, च्याउ । च्याउमा क्लोरोफिल हुँदैन । वास्तवमा, च्याउ जस्ता विरुवाहरुले आफ्नो खानेकुरा आफैं उत्पादन गर्न सक्दैन । त्यसैले यस्ता विरुवाहरु अरु विरुवाहरुमाथि आश्रित रहेर बाँच्छन् । आफैं खानेकुरा उत्पादन नगर्ने तथा खानेकुरा प्राप्तिका लागि अन्य विरुवा तथा जनावरहरुमाथि आश्रित रहने यस्ता विरुवाहरुलाई परजीवी (parasites)  भनिन्छ । अझ विरुवा तथा जनावरका कुहिदै गरेका भागबाट खाद्य पदार्थ ग्रहण गर्ने बोटविरुवालाई चाहिँ saprophytes भनिन्छ ।

सन्दर्भ स्रोतः Tell Me Why, Title Photo: https://www.aquaread.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.