शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चारमन्त्री बाँस्कोटा र स्वास्थ्यमन्त्री ढकाललाई थप मन्त्रालयको जिम्मेवारी

शुक्रबार, २५ पुस २०७६, १९ : १९
शुक्रबार, २५ पुस २०७६

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले  कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी हेर्ने गरी तोकेकी हुन् । 

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम ढकाल र बास्कोटालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पुस ८ गते समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि यी दुई मन्त्रालय प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए । 

 विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप