नेपाल मेडिसिटीका चिकित्सकहरुसँग दक्षिण कोरीयाली सर्जन
ललितपुुर– नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग दक्षिण कोरियाका प्रतिष्ठित सर्जन डा. किमले प्यान्कृयास सर्जरीका विषयमा अन्तर्क्रिया गरेका छन् ।
दक्षिण कोरिया स्थित क्यंगपुक नेशनल विश्वविद्यालयका हेपाटो बिलियरी तथा जनरल सर्जरी विभागमा कार्यारत डा. सांग गोएल किमले शुक्रबार नेपाल मेडिसिटी अस्पतालका सर्जन लगायतका चिकित्सकहरुसंग अन्तर्क्रिया गरेका हुन् ।
अन्तर्क्रियामा फरक शैलीमा उनले गर्दै आएको हेपाटो बाइलयरी सर्जरी प्रक्रियाबारे प्रष्ट पार्दै यसका लागि आवश्यक पद्धतीबारे बताएका थिए । नेपाल मेडिसिटी अस्पतालका सर्जरी विभाग प्रमुुख डा. सुुनिल कुमार शर्मा ढकालले डा. किमको उपस्थिती र अन्तक्र्रिया नेपाली चिकित्सकहरुका लागि निकै फलदायि रहने अपेक्षा गरे ।
नेपाल मेडिसिटी अस्पतालमा अत्याधुनिक उपकरण र पद्धतिलाई अपनाउदै बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको अवस्थामा थप नयाँ पद्धतिबारे जानकारी प्राप्त गर्नुु सबैका लागि सुनौलो अवसर रहेको उनले बताए ।
अस्पतालका महाप्रबन्धक विजय रिमालले स्वदेशमै विश्वस्तरिय उपचार प्रदान गर्दै आइरहेको र यस किसिमका कार्यक्रमलाई सधै प्रोत्साहन गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिमा विकास बैंक र टानगण्डकीबिच व्यवसायिक सम्झौता
-
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण
-
एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता
-
८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ यो दालमा
-
एभरेस्टको फिस मसलामा ‘पेष्टिसाइड’
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने