मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रवि ओडको नयाँ गीतमा बर्षा राउतको आकर्षक रूप

शुक्रबार, २५ पुस २०७६, १७ : ५५
शुक्रबार, २५ पुस २०७६

काठमाडौँ । नेपाल आइडल रवि ओडको प्रतिक्षित गीत ‘भयो हतार’ म्युजिक भिडियोसहित युट्युबबाट सार्वजनिक गरिएको छ । सुदुर पश्चिमलाई प्रतिनिधित्व गर्ने गायक रवि ओड नेपाल आइडल २ जितेर चर्चामा आएका हुन् । 

गीत अहिलेको बजार सापेक्षिक रहेकाले दर्शक श्रोताहरूले मन पराउने र चल्ने विश्वास रविले लिएका छन् । डान्सिङ प्याटर्नको यस युगल गीतमा उनलाई गायिका बिना भट्टराईले साथ दिएकी छन् । 

बेलायतमा बसेर गीत गजल लेखनमा सक्रिय नृपेश उप्रेतीको शब्द रहेको यस गीतका संगीतकार रवि मल्ल हुन् भने संगीत संयोजन दिक्षित पौडेलले गरेका हुन । 

सार्वजनिक गीतमा ‘वर्षा राउत’लाई मोडल श्रवण न्यौपानेको साथमा आधुनिक र परम्परागत पहिरनमा निकै आकर्षक रूपमा प्रस्तुत गरिएको छ । ‘भयो हतार’को म्युजिक भिडियोलाई राम्रो र भव्य बनाउन निकै मेहनत गरिएको देखिन्छ । 

शक्ति प्रज्वल घिमिरेले निर्देशनमा बनेको भिडियोलाई चर्चित छाँयाकार उत्सव दाहालले खिचेका हुन् भने स्वयं निर्देशक घिमिरेले सम्पादन पनि गरेका हुन । 

यस भिडियोका नृत्य निर्देशक प्रविण थापा हुन् । खुसी इन्टरटेनमेन्टको प्रस्तुति ‘भयो हतार’ लाई व्हाइट मिडियाले निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप