राष्ट्रियसभा निर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगका अनुसार यस निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्र्टीका ७, राष्ट्रिय जनता पार्टी नेपालका २, नेपाल मजदूर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चा पार्टीका २ जना गरी जम्मा ४५ जना उम्मेदवारले भाग लिएका छन् ।
सबै उम्मेदवारहरूलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कूल ४५ जना उम्मेदवार रहेका छन् ।
निर्वाचन आयोगको स्वीकृत भएको कार्यतालिकाअनुसार प्रदेश १ को मोरङ जिल्लाको विराटनगर, प्रदेश २ को धनुषा जिल्लाको जनकपुर, प्रदेश ३ को ललितपुर जिल्लाको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को दाङ जिल्लाको घोराही, कर्णाली प्रदेशको सुर्खेत जिल्लाको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २५ गते बिहान १०ः०० बजेदेखि दिनको १ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो । त्यस्तै पुस २५ गते नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म