बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नाइजरमा भएको भिडन्तमा ६० लडाकु र २५ सैनिक मारिए

शुक्रबार, २५ पुस २०७६, १५ : ००
शुक्रबार, २५ पुस २०७६

नाइजर । नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा २५ सैनिक मारिएका छन् । देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।  

पश्चिमी अफ्रिकी मुुलुक मालीको सीमाक्षेत्रमा पर्ने नाइजरको चिनागोद्ररमा घटना भएको उनीहरुले बताएका छन् । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको समाचारमा जनाइएको छ ।  

सैनिकहरुमाथि भएको आक्रमणपछिको भिडन्तका क्रममा ६० भन्दा बढी लडाकु मारिएको रक्षा मन्त्रालयले दाबी गरेको छ । –सिन्ह्वा/Photo:Reuters
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप