नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष ढुंगानाद्धारा पदभार ग्रहण
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पदभार ग्रहण गरेका छन् । शुक्रबार एक समारोहकाबीच ढुंगानाले पद तथा गोपनियतको सपथ लिँदै अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका ढुंगाना केही समयअघि मात्र बोर्डको सञ्चालक विज्ञका रुपमा नियुक्त भएका थिए ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय बिहीबार सार्वजनिक भएपछि अध्यक्ष ढुंगानाले शुक्रबार पद बहाली गरेका हुन् ।
नवनियुक्त अध्यक्षको पद बहालीमा बोर्डका कर्मचारीहरुले एक समारोहको आयोजना गरि ढुंगानालाई खादा, माला र टिका लगाएर स्वागत गरेका छन् । अध्यक्ष ढुंगानाले स्वागतपछि पद बहाली गरेका हुन् । पद बहाली गर्दै ढुंगानाले आफ्नो कार्यकालमा धितोपत्र बजारको दायरा फराकिलो पार्न प्रयत्न गर्ने बताएका छन् । उक्त बसरका लागि आफुलाई अध्यक्षमा नियुक्ति गरेकोमा उनले सरकारलाई धन्यवाद समेत दिए ।
बोर्डको अध्यक्ष नियुक्तिका लागि अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालकोे संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य रहेको छनौट समिति गठन गरेको थियो । उक्त समितिले ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा.केशवप्रसाद श्रेष्ठको नाम अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाएको थियो ।
बोर्डको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गर्दा ८ जनाको आवेदन परेको थियो । अध्यक्षमा नियुक्त ढुंगानाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए तथा बेलायतबाट विजनेश फाइनान्समा एमबीएसम्मको अध्ययन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अध्याधेशमा राष्ट्रपतिको असन्तुष्टि, मोर्चाबारे अलमलमा झलनाथ
-
‘बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शो’को तयारी पूरा
-
ओलीको आलोचना गर्दा एमालेमा अर्का नेता पनि कारबाहीमा
-
अध्यादेश फिर्ता लिन माग
-
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता
-
दुर्घटनामा परेर उच्च अदालत पाटनका न्यायाधीश रेग्मी घाइते