शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष ढुंगानाद्धारा पदभार ग्रहण

शुक्रबार, २५ पुस २०७६, १४ : २७
शुक्रबार, २५ पुस २०७६

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पदभार ग्रहण गरेका छन् । शुक्रबार एक समारोहकाबीच ढुंगानाले पद तथा गोपनियतको सपथ लिँदै अध्यक्षको पदभार ग्रहण गरेका हुन् । 
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका ढुंगाना केही समयअघि मात्र बोर्डको सञ्चालक विज्ञका रुपमा नियुक्त भएका थिए । 

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय बिहीबार सार्वजनिक भएपछि अध्यक्ष ढुंगानाले शुक्रबार पद बहाली गरेका हुन् । 

नवनियुक्त अध्यक्षको पद बहालीमा बोर्डका कर्मचारीहरुले एक समारोहको आयोजना गरि ढुंगानालाई खादा, माला र टिका लगाएर स्वागत गरेका छन् । अध्यक्ष ढुंगानाले स्वागतपछि पद बहाली गरेका हुन् ।  पद बहाली गर्दै ढुंगानाले आफ्नो कार्यकालमा धितोपत्र बजारको दायरा फराकिलो पार्न प्रयत्न गर्ने बताएका छन् । उक्त बसरका लागि आफुलाई अध्यक्षमा नियुक्ति गरेकोमा उनले सरकारलाई धन्यवाद समेत दिए । 

बोर्डको अध्यक्ष नियुक्तिका लागि अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालकोे संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य रहेको छनौट समिति गठन गरेको थियो । उक्त समितिले ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा.केशवप्रसाद श्रेष्ठको नाम अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाएको थियो ।

बोर्डको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गर्दा ८ जनाको आवेदन परेको थियो ।  अध्यक्षमा नियुक्त ढुंगानाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए तथा बेलायतबाट विजनेश फाइनान्समा एमबीएसम्मको अध्ययन गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप