बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

शुक्रबार, २५ पुस २०७६, १४ : २१
शुक्रबार, २५ पुस २०७६

पोखरा । माघ १ मा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वको छेको पारेर बिदा दिने निर्णय गरेको हो । 

शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ मा सार्वजनिक बिदाबारे जानकारी दिए । गएको वर्षमा पनि प्रदेश सरकारले माघी पर्वको छेकोमा सार्वजनिक बिदा दिएको थियो । 

माघी पर्व पवित्र नदिमा स्नान गरेर पुजा आजा गरि मनाइन्छ । घिउ, चाकु, तरुल आदि परिकार माघी मेलामा खाने गरिन्छ ।  यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान विधेयक स्वीकृत गरी प्रदेश सभामा पेश गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप