भाषाको कुनै भूगोल हुँदैन : मन्त्री त्रिपाठी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भाषाको कुनै भुगोल नहुने बताएका छन् । बाह्रखरी बुक्सले प्रकाशित गरेको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी अनुवाद ‘उत्कृष्ट कहानियाँ’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले भाषाको कुनै भूगोल नहुने भएकाले यसलाई कुनै सिमाले नरोक्ने बताएका छन् ।
भारतीय दूतावास काठमाडौं र हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले विश्व हिन्दी दिवसका अवसरमा आयोजना गरेको क्रार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । मन्त्री त्रिपाठीले नेपाल एक बहुभाषी बहुसाँस्कृतिक र बहुजातीय विभिदता भएको देश भएकाले भाषा र संस्कृतिमा समृद्ध भएको बताए ।
नेपाल भूगोलले सानो भएपनि भौगोलिक, सामुदायिक, सांस्कृतिक विभिदताले ठुलो र सम्पन्न देश भएको उनले बताए । उनले हिन्दी भाषा र नेपाली भाषा दुवै भाषाको उद्गम संस्कृत भएकाले सभ्यता एउटै भएको बताए । परस्पर रुपमा नेपाली साहित्यहरु हिन्दीमा अनुवाद हुनु र हिन्दी साहित्यहरु नेपालीमा अनुवाद हुनुले दुई देशलाई सिमाले छुट्याएपनि भाषा, संस्कृति र सभ्यताको दृष्टिले सिमालाई पनि पार गरेको बताए ।
नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन गरिएको हो । कार्यक्रममा नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा.अजयकुमारले नेपाल र भारतलाई भाषाले बलियोसँग जोडेको बताए ।
दुवै भाषाको लिपि देवनागरिक हुन र संस्कृति एउटै हुनु यसको बलियो आधार भएको उनले बताए । उनले भाषाको यहि समानताले दुवै देशका जनतालाई जोडेर राखेको छ जसरी जनकुर र अयोध्या, पशुपति र कासी, लुम्बीनी र बोधगया जोडिएका छन् । त्यसैले भाषा र संस्कृतिको परिणाम नै नेपाल र भारतबीचको सम्बन्ध भएको उनले बताए ।
बाह्रखरी बुक्सले बजारमा ल्याएको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी भाषामा प्रकाशित ‘उत्कृष्ट कहानियाँ’ को विमोचन संयुक्त रुपमा सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी, नेपालका लागि भारतीय कार्यवाहक राजदूत डा. अजयकुमार, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतिक प्रधान, बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले गरेका हुन् ।
यो पुस्तक नेपालको भूगोल, भाषाभाषी, संस्कृति र सम्प्रदायको मौलिकता र आञ्चलिकता जोडने संग्रहसमेत भएकाले हिन्दी भाषामा अनुवाद हुँदा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन टेवा पुग्ने र नेपाली साहित्यको बजार फराकिलो हुने बाह्रखरी बुक्सले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध