जनकपुर टिपर आतंक : मृतक दिलिपका आफन्त भन्छन्, ‘मारेर गाडीले पेल्यो’ (भिडियोसहित )

जनकपुर । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा शुक्रबार बिहान टिपरको ठक्करबाट मृत्यु भएका दिलिपका आफन्तले दिलिपलाई मारेर टिपरले पेलेको आरोप लगाएका छन् ।
मृतक स्थानीय युवा दिलीपकुमार महतोका काकाका छोरा –(दाई) वीरेन्द्रकुमार महतोले घटना शंकास्पद रहेको भन्दै प्रकृति हेर्दा पहिला हत्या गरेर त्यसपछि गाडीले पेलेको हुनसक्ने बताए ।
वीरेन्द्रले घटनाबारे भने, ‘आज त मारिदियो । मारिसकेर भुईंमा राखेर च्यापेकोजस्तो देखिन्छ ।’ उनले घटनापछि प्रहरीले मुचुल्का समेत नउठाई शव उठाएपछि झनै शङ्का उत्पन्न भएको बताए ।
‘न प्रहरीले मुचुल्का उठायो न केही गर्यो । त्यतिकै शव उठाएर लग्यो । हामीले कहाँ लाने भनेर सोध्दा मोडल अस्पताल लैजान लागेको भन्यो,’ वीरेन्द्रले रातोपाटीसँग भने, ‘आफूहरु सँगै जान खोज्दा समेत प्रहरीले जान दिएन ।’
‘लक्ष्मी भाइलाई पनि गाडीमा चढ्न दिएन । त्यसपछि म घरमा आएर प्रहरी इन्सपेक्टरलाई फोन गरेर शव कहाँ छ, भनेर सोध्दा प्रहरीले अञ्चलमा भने,’ वीरेन्द्रले भने, ‘अनि म अञ्चलमा आएँ ।’
मृतकका साथी प्रमोद कुमार महतोले दिलिप आफ्नो साथी भएको भन्दै दुवैजना सँगै इन्जिनियरिङ पढ्दै गरेको बताए ।
‘म चाहिँ सिभिलतर्फ हो । उहाँ (साथी) मेकानिकलतर्फ इन्जिनियरिङको रनिङमा थियौं । अहिले ‘लास्ट सेमेस्टर’ चलेकाले ८/१० दिनअघि छुट्टी लिएर आएका थियौँ ।’
ठेकेदार र दिलिपबीच ट्रम नमिलिरहेको प्रमोद कुमारले रातोपाटीसँगको कुराकानीमा बताए ।
‘ठेकेदारहरु उत्खनन गरिरहेका थिए । साथीको त्यहाँ जमिन पर्दोरहेछ । जथाभावी उत्खनन् गर्दा खोलाको बाढी आफ्नो जमिनमा आउँछ भन्नुहुन्थो । उहाँको विरुद्धमा ठेकेदार र वडाध्यक्ष समेत लागेका थिए,’ कुमारले भने, ‘यसअघि पनि बारम्बार झगडा परिरहन्थ्यो । त्यसकारण ‘लास्ट टार्गेट’ उहाँलाई मारेकै हो ।’
घटनापछि आक्रोशित दिलिपका आफन्त÷स्थानीयहरुले श्रीपुरस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
राजमार्ग खुलाउने क्रममा प्रहरीले ५ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । घटनाको विषयलाई लिएर अहिले पनि राजमार्ग तनावग्रस्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी