संसद बैठक चलाउन ओली–प्रचण्डसँग उपसभामुखको छलफल

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेकी छन् ।
उपसभामुख तुम्बाहाङफे संसद सञ्चालन तथा सभामुख निर्वाचनबारे सत्तारुढ दलसँग छलफल गर्न बालुवाटार पुगेकी हुन् ।
उपसभामुखले सत्तारुढ दलका अध्यक्षसँग छलफल आयोजना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसअघि रिक्त सभामुख पदमा कसले उम्मेदवारी दिने भन्नेमा सत्तारुढ दलभित्र एकमत नहुँदा प्रतिनिधि सभा बैठक पटकपटक सर्दै आएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक पर्सी आइतबारका लागि बोलाइएको छ ।
पटकपटक संसद बैठक स्थगित हुँदा त्यसको राम्रो सन्देश नजाने भन्दै उपसभामुख तुम्बाहाङ्फेले सदन सुचारु गर्न सत्तारुढ दलका नेता र प्रधानमन्त्रीसँग छलफल आयोजना गरेको उपसभामुखको सचिवालयले जनाएको छ ।
सत्तारुढ दल नेकपाले सभामुखको रिक्ततापछि आफ्नै पार्टीका तर्फबाट सभामुखमा उम्मेदवारी दिने भनेपनि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । सत्तारुढ दल उपसभामुख तुम्बाहाङ्फेलाई समेत राजीनामा गर्न लगाएर उपसभामुखमा अन्य पार्टीलाई प्रस्ताव गर्ने पक्षमा छ । तर उपसभामुख तुम्वाहाङ्फे आफै पनि सभामुखका लागि दावी पेश गर्दै आएकी छन् ।
उपसभामुख तुम्बाहाङ्फेले आजै राजीनामा गर्नसक्ने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलेखानी सिस्नेरी छैमले सडकको अनुगमन, समयमा काम सक्न मन्त्रीको निर्देशन
-
न्यायाधीश समक्ष मिश्रले भने - एउटा निर्दोष मान्छेलाई हिरासतमा राखेर सरकारलाई राति निद्रा लाग्छ ?
-
संक्रमणकालीन न्याय : अध्यक्षका लागि ८ र सदस्यका लागि २४ जना सर्ट लिस्टमा
-
मुम्बईको जितमा बुमराहको रेकर्ड
-
आईपीएल : मुम्बईको लगातार पाँचौँ जित, उक्लियो दोस्रो स्थानमा
-
पलेँटी साँझमा एकल सुनिइन् संगीता प्रधान