बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसद बैठक चलाउन ओली–प्रचण्डसँग उपसभामुखको छलफल

शुक्रबार, २५ पुस २०७६, ११ : ३१
शुक्रबार, २५ पुस २०७६

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेकी छन् ।

उपसभामुख तुम्बाहाङफे संसद सञ्चालन तथा सभामुख निर्वाचनबारे सत्तारुढ दलसँग छलफल गर्न बालुवाटार पुगेकी हुन् ।

उपसभामुखले सत्तारुढ दलका अध्यक्षसँग छलफल आयोजना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि रिक्त सभामुख पदमा कसले उम्मेदवारी दिने भन्नेमा सत्तारुढ दलभित्र एकमत नहुँदा प्रतिनिधि सभा बैठक पटकपटक सर्दै आएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक पर्सी आइतबारका लागि बोलाइएको छ ।

पटकपटक संसद बैठक स्थगित हुँदा त्यसको राम्रो सन्देश नजाने भन्दै उपसभामुख तुम्बाहाङ्फेले सदन सुचारु गर्न सत्तारुढ दलका नेता र प्रधानमन्त्रीसँग छलफल आयोजना गरेको उपसभामुखको सचिवालयले जनाएको छ ।

सत्तारुढ दल नेकपाले सभामुखको रिक्ततापछि आफ्नै पार्टीका तर्फबाट सभामुखमा उम्मेदवारी दिने भनेपनि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । सत्तारुढ दल उपसभामुख तुम्बाहाङ्फेलाई समेत राजीनामा गर्न लगाएर उपसभामुखमा अन्य पार्टीलाई प्रस्ताव गर्ने पक्षमा छ । तर उपसभामुख तुम्वाहाङ्फे आफै पनि  सभामुखका लागि दावी पेश गर्दै आएकी छन् ।

उपसभामुख तुम्बाहाङ्फेले आजै राजीनामा गर्नसक्ने सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप