मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफल

शुक्रबार, २५ पुस २०७६, ०६ : २८
शुक्रबार, २५ पुस २०७६

वि.सं.२०७६ साल पौष २५ गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि– पूर्णिमा,४५ घडी ४४ पला,रातको ०१ बजेर १५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– आद्र्रा,२० घडी ५० पला,दिउसो ०३ बजेर १८ मिनेट उप्रान्त पुनर्वशु । योग– ऐन्द्र,२६ घडी ५३ पला,बेलुकी ०५ बजेर ४३ मिनेट उप्रान्त वैधृति । करण– भद्रा,दिउसो ०१ बजेर ४५ मिनेट उप्रान्त बव,रातको ०१ बजेर १५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मिथुन । 

 

काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २४ मिनेट । दिनमान २६ घडी ०६ पला । पूर्णिमा व्रत। माघस्नान सुरु। श्रीस्वस्थानी व्रत प्रारम्भ। भक्तपुरस्थित हनुमत्तीर्थमा त्रिवेणीमेला। चाँगुनारायण हैगु मिला पुन्ही।


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो तथा रमाईलो यात्रा हुने भएपनि गन्तव्यमा पुग्नुभन्दा पहिलनै बिभिन्न वाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायबाट खासै आम्दानी हुनेछैन भने लगानी गर्नको लागी केहि समय पर्खनुनै राम्रो हुनेछ । अध्ययनमा मन नजाने हुदा अरु भन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथिको असमज्दारलीे दैनिक कामहरु प्रभावित हुनेछन् । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले यस्ता क्रियाकलापमा सामेल नहुनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुरामा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । आत्मिय मित्र तथा साभिभाईहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पतिपत्निबित बिश्वासको बाताबरण बढ्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा मनजाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फइदा हुने व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य क्षेत्रमा लगानी गरि आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशसमा बसेर समय खर्चिनेहरुले प्रशस्त रुपैयापैसा कमाउन सक्नेछन् । पढाइ लेखाइमा मनजाने हुनाले अन्य दिनभन्दा सुधार भएर जानेछ । मायाप्रेममा रमाउँन चाहनेहरुका लागि भने समय मध्ययम रहेकोछ । अग्रज तथा आफन्तको सुझाबलाई मान्दै अगाडि बढे चाहेको गन्तब्य पहिल्याउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतगर्दा महत्वपूर्र्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी  गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ । समयले साथ दिने हुनालेअन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउबाट प्रेम प्रस्ताव आउँने अधिक सम्भावना रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुदा भनेजस्तो उपलव्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ ।
 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानि अपनाउनु होला आजको दिन मध्ययम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) यात्राका क्रममा उपलव्धि मुलक कामहरु गर्न सकिनेछ । व्यापारमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) यात्राका क्रममा उपलब्धि मुलक कामहरु गर्न सकिनेछ । व्यापारमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निसँग मनमुटाब बढ्न सक्छ । आस्वासन दिनेहरुले फसाउँन सक्छन् । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउँने हुनाले कुनैपनि मुद्दा मामिलामा सामेल नहुनु होला ।  

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा मन जानेछ भने सफल हुनेसुत्र पत्ता लगाउँन सकिने हुँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ भने स्कूल कलेजमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागी हुनेयोग रहेकोछ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ । कृषि शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरि मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसायमा मन्दी आउनेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप