दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी
एजेन्सी । पूर्वी डीआर कङ्गो शहर गोमामा बिहीबार अवतरण गर्ने क्रममा ६७ यात्रुसहित रहेको दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी भएको छ । विमानमा कुनै हताहत भने नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ । प्रजातान्त्रिक जनगणतन्त्र कङ्गोको बेनीबाट गोमाका लागि उडान गर्दै थियो ।
अवतरणका क्रममा वायाँ इन्जिनमा आगलागी भएपछि विमानस्थलमा तयारी अवस्थामा रहेका दमकलले आगलागीलाई तत्काल नियन्त्रणमा लिन सफल भएको राष्ट्रसङ्घको कङ्गोस्थित सहायता समूहले बताएको छ ।
कङ्गोस्थित राष्ट्रसंघीय समूहले भन्यो, ‘विमानमा चालकदलका आठ सदस्य र ५९ यात्रीहरू थिए । सबैजनालाई सुरक्षित विमानबाट बाहिर निकालिएको छ । कसैलाई पनि ठूलो चोटपटक लागेको छैन ।’
विमानमा आगलागी भएपछि केही समय विमानस्थलमा सेवा अवरूद्ध भएको भएपनि धावन मार्ग पुनः सञ्चालनमा आएको छ । द्वन्द्वग्रस्त उत्तरी किवु प्रान्तको बेनीमा तैनाथ दक्षिण अफ्रिकी शान्ति सेनाको सहयोगका लागि सेवा दिँदै आएको विमानमा सामान्य क्षति भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त सैनिक विमान तत्कालिन सोभियत संघमा निर्मित आन्टोनोभ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको सांसद पद निलम्बन
-
यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णयहरू
-
शेखरको टिप्पणी– सभापतिकै कारण पार्टीमा विचलन छ‚ चुप लागेर बस्न सकिएन
-
लुम्बिनी खेलकुद परिषद्का सदस्यले लिए शपथ
-
युवा तथा खेलकुद क्षेत्रमा प्रयाप्त स्रोत नभएको मन्त्री महर्जनको गुनासो
-
कास्की अदालतमा छविसँग ३ घण्टा बयान, रविको सुरु नै भएन