मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी

बिहीबार, २४ पुस २०७६, २२ : ३७
बिहीबार, २४ पुस २०७६

एजेन्सी । पूर्वी डीआर कङ्गो शहर गोमामा बिहीबार अवतरण गर्ने क्रममा ६७ यात्रुसहित रहेको दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी भएको छ ।  विमानमा कुनै हताहत भने नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ । प्रजातान्त्रिक जनगणतन्त्र कङ्गोको बेनीबाट गोमाका लागि उडान गर्दै थियो । 

अवतरणका क्रममा वायाँ इन्जिनमा आगलागी भएपछि विमानस्थलमा तयारी अवस्थामा रहेका दमकलले आगलागीलाई तत्काल नियन्त्रणमा लिन सफल भएको राष्ट्रसङ्घको कङ्गोस्थित सहायता समूहले बताएको छ । 

कङ्गोस्थित राष्ट्रसंघीय समूहले भन्यो, ‘विमानमा चालकदलका आठ सदस्य र ५९ यात्रीहरू थिए । सबैजनालाई सुरक्षित विमानबाट बाहिर निकालिएको छ । कसैलाई पनि ठूलो चोटपटक लागेको छैन ।’

विमानमा आगलागी भएपछि केही समय विमानस्थलमा सेवा अवरूद्ध भएको भएपनि धावन मार्ग पुनः सञ्चालनमा आएको छ । द्वन्द्वग्रस्त उत्तरी किवु प्रान्तको बेनीमा तैनाथ दक्षिण अफ्रिकी शान्ति सेनाको सहयोगका लागि सेवा दिँदै आएको विमानमा सामान्य क्षति भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त सैनिक विमान तत्कालिन सोभियत संघमा निर्मित आन्टोनोभ हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप