समाजवादी पार्टीले माघ ३ गतेबाट संगठन सुदृढिकरण अभियान थाल्ने
काठमाडौं । समाजवादी पार्टीले माघ ३ गतेबाट सातै प्रदेशमा संगठन विस्तार तथा सुदृढीकरण अभियान थाल्ने भएको छ । सो पार्टीले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बीचमा लैजाने उद्देश्यका साथ ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)–२०२०’ सञ्चालन गर्ने भएको हो ।
अभियान सञ्चालन गर्न पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा विसु अभियानको सचिवालय गठन गरेको छ । संयोजक श्रेष्ठले माघ ३ गते सातवटै प्रदेशबाट एकसाथ अभियान उद्घाटन गरिने बताए । अभियानको उद्घाटनका लागि पार्टीका शीर्ष नेताहरू सातै प्रदेशका कार्यक्रममा पुग्ने समेत उनले बताए । संयोजक श्रेष्ठले यसअघि पार्टी एकीकरण र समायोजनको कामको जिम्मेवारी पनि सम्हालेका थिए ।
अभियानको उद्घाटन तथा अभिमुखिकरण कार्यक्रम ७ वटै प्रदेशबाट एक साथ हुने् जनाइएको छ । तीन महिनासम्म चल्ने अभियानमा ७७ वटै जिल्लामा संयोजक र १६५ वटै निर्वाचन क्षेत्रमा अभियन्ता खटाइने समेत जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० औँ राष्ट्रिय खेलकुद जेठमा नहुने
-
नगरकोट भ्रमण वर्ष तयारी पूरा
-
तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ : महेश बर्तौला
-
मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योग मन्त्री
-
विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की
-
भीमेश्वर नगरपालिकामा वडाको पहलमा पढ्दै सीप सिक्दै विद्यार्थीहरू