शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टीले माघ ३ गतेबाट संगठन सुदृढिकरण अभियान थाल्ने

बिहीबार, २४ पुस २०७६, २२ : २२
बिहीबार, २४ पुस २०७६

काठमाडौं । समाजवादी पार्टीले माघ ३ गतेबाट सातै प्रदेशमा संगठन विस्तार तथा सुदृढीकरण अभियान थाल्ने भएको छ । सो पार्टीले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बीचमा लैजाने उद्देश्यका साथ  ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)–२०२०’ सञ्चालन गर्ने भएको हो ।

अभियान सञ्चालन गर्न पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा विसु अभियानको सचिवालय गठन गरेको छ । संयोजक श्रेष्ठले माघ ३ गते सातवटै प्रदेशबाट एकसाथ अभियान उद्घाटन गरिने बताए । अभियानको उद्घाटनका लागि पार्टीका शीर्ष नेताहरू सातै प्रदेशका कार्यक्रममा पुग्ने समेत उनले बताए । संयोजक श्रेष्ठले यसअघि पार्टी एकीकरण र समायोजनको कामको जिम्मेवारी पनि सम्हालेका थिए ।

अभियानको उद्घाटन तथा अभिमुखिकरण कार्यक्रम ७ वटै प्रदेशबाट एक साथ हुने् जनाइएको छ । तीन महिनासम्म चल्ने अभियानमा ७७ वटै जिल्लामा संयोजक र १६५ वटै निर्वाचन क्षेत्रमा अभियन्ता खटाइने समेत जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप