सडक विभागद्वारा २ सय ७७ किमी सडक कालोपत्र
काठमाडौं । सडक विभागले साउनदेखि २७७ किलोमिटर सडक कालोपत्र गरेको छ । यो अवधिमा २८८ किमी सडक खण्डस्मित (ग्राभेल) र ५८ किमी नयाँ सडकको ट्र्याक खोलिएको विभागले जनाएको छ ।
चालू आवमा अहिलेसम्म सबैभन्दा बढी सडक कालोपत्र हुलाकी राजमार्गमा भएको विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताए । हुलाकी राजमार्ग आयोजनाका अनुसार सो सडकमा ५० किमी सडक कालोपत्र भएको छ भने २५ किमी ग्राभेल भएको छ । मध्यपहाडी लोकमार्गमा २० दशमलव ५ किमी सडक कालोपत्र र ६९ किमी ग्राभेल सम्पन्न भएको छ । सो सडकमा दुई वटा सडक पुल सम्पन्न भएको विभागले जनाएको छ ।
मदन भण्डारी राजमार्ग आयोजनामा १९ किमी सडक कालोपत्र, १५ किमी ग्रोभल र एउटा पुल सम्पन्न भएको छ । काडमाडौँका विस्तारका क्रममा रहेका आठ किमी सडक कालोपत्र भएको र व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत सात किमी कालोपत्र भएको छ ।
विभागले सडकको नियमित र पटके मर्मतसमेत गरिरहेको अहिलेसम्म ६४ किमी सडक अद्यावधिकमर्मत सम्पन्न भएको प्रवक्ता सापकोटाले बताउनुभयो । अहिलेसम्म ४५ पुल सम्पन्न भइसकेको छ । अघिल्ला वर्षमै निर्माण शुरु भएका पुल अहिले आएर सम्पन्न भएको उनको भनाइ छ । उनले भने, ‘वर्षभरमा तीन सय पुल सम्पन्न गर्ने लक्ष्य रहेको छ ।’
गत आवमा विभागले ९८८ किमी सडक कालोपत्र गरेको थियो । गतवर्ष नै नेपाल सरकारको अधिकार क्षेत्रमा पर्ने एक हजार ३६३ किमी सडक ग्राभेल र ४४० किमी ट्र्याक खोलिएको थियो । गत वर्ष नै २४३ पुल सम्पन्न भएका थिए भने २३० किमी सडक आवधिक मर्मत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा लागु औषधसहित दुई जना पक्राउ
-
‘बबल एन्ड क्र्यास’को कथा
-
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता