शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै साथी काल बनेर आएपछि...तड्पदै मुखियाको ज्यान गयो

बिहीबार, २४ पुस २०७६, २० : ५६
बिहीबार, २४ पुस २०७६

सिन्धुपाल्चोक । यहिँ पुस ७ गते मेलम्ची नगरपालिका वडा नं. १० चप्लेटी पाखो बागमारामा एक जना पुरुषको शव भेटियो । सो शवका बारेमा प्रहरीले बुझदै जादाँ भारत बिहार घर भई हाल पर्सा जिल्ला पोखरीया नगरपालिका ८ बस्ने बर्ष ३७ को राजकुमार मुखियाको थियो । 

घटना अनुसार ईन्द्रावती गाउँपालिका वडा ५ लामाटोलमा पुर्ण बहादुर तामाङको घर ढलान गरेर फर्कदा मुखियाको मृत्यु भएको थियो ।

तर यो प्राकृति वा दुर्घटनाबाट नभइ आफ्नै साथीहरुले कुटपिट गरेर घाइते बनाउदाँ राजकुमारको मृत्यु भएको प्रहरी अनुसन्धानमा खुल्ल आएको छ । 

सोही दिन राती ११ बजेको समयमा ना. ७ त. २०९५ नं. को ट्रयाक्टरमा चढी मेलम्ची तर्फ फर्कने क्रममा मृतक मुखिया र उनका साथीहरु मादक पदार्थ सेवन गरी नशाको सुरमा थिए ।

बाटोमा आउँदै गर्दा वादविवाद भएपछि मुखियालाई साथीहरुले कुटपिट गरे । कुटाइबाट घाइते उनलाई छाडेर साथीहरु भागे । 

७ गते समिर मियाँ जो ठेकेदार समेत हुन् । ठेकेदारकै मिलेमतोमा अचेत अवस्थामा रहेका घाईते राजकुमार मुखियालाई ट्याक्टरमा राखी मेलम्ची तर्फ ल्याउदै थिए । तर बाटोमा नै उनको मृत्यु भयो । 
मेलम्ची नगरपालिका १० चप्लेटी पाखोमा पुग्दा घाइते मुखियाले तड्पिँदै प्राण त्यागे ।

त्यसपछि ठेकेदार मियासँग भेट गरी लासलाई पाखोबाट फालेर सबै जना फरार भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 
यसबारेमा प्रहरीले अनुसन्धान गर्दै जादाँ पुस १६ गते घटना भएको भएको १० दिनपछि आरोपीहरुलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका वडा नं. ११ रानीघाट बस्ने वर्ष २७ को प्रेम यादव, सोही महानगरपालिका ७ बस्ने वर्ष २७ को भोला माझी साह र वडा नम्बर ४ बस्ने वर्ष ५३ को राजेश मेष्तर रहेका छन् । 

पर्सा बिरगंज महानगरपालिका वडा नं.१३ बस्ने वर्ष ४८ को राजन साह, वडा नं.१ बस्ने वर्ष ३५ को अशोक साह, पर्सा बहुअरी गाउँपालिका.वडा नं.३ बस्ने वर्ष २५ को बिनोद पासवान, रुपन्देही तिलोत्तमा नगरपालिका १२ बस्ने वर्ष ३६ को सन्तोष थापा मगर समेतको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले भोला माझी साह, राजेश मेष्तर, राजन साह, अशोक साह, बिनोद पासवान र सन्तोष थापा मगरलाई मेलम्चि नपा १३ फटकशिलामा लुकिछिपि हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो । 

मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङको टोलीले खोजतलास गर्दै जाने क्रममा मुख्य अभियुक्त  यादवलाई जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी  पुस २२ गते पक्राउ गरेको छ ।

घटना पश्चयात फरार यादवलनई पर्सा बिरगंज महानगरपालिका वडा नं. १५ स्थित नेश्नल मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट पक्राउ गरी सिन्धुपाल्चोक ल्याएको हो । 

प्रहरीले सिन्धुपाल्चोक जिल्ला अदालतबाट म्याद अनुमती लिई यसबारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी काफ्लेले रातोपाटीलाई बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप