आइएसएसका ३ जना आतंकवादी काठमाडौंबाट पक्राउ

काठमाडौं । दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंकवादीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ । बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंकवादीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंकवादी नेपालबाट दिल्ली जादैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई काठमाडौबाट पक्राउ गरेको स्रोतले बताएको छ ।
प्रहरीले तीनै जनालाई आत्मसमर्पण गर्न भनेपनि उनीहरुले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीपछि तीनै जनालाई पक्राउ गर्न सफल भएको थियो । यसका साथै, दिल्ली प्रहरीको विशेष फोर्सका अनुसार यी तीनै जना आतंकवादी तामिलनाडुमा एक हिन्दु नेताको हत्यामा समेत संलग्न थिए ।
२०१४ मा भारतका केही साथीहरुसँग मिलेर उनीहरुले तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेर जेल चलान भएका तीनै आतंककारी धरौटीमा रिहा भई १२ र १३ डिसेम्बरमा भागेर नेपाल आएका थिए ।
उनीहरु नेपालमा १५र२० दिनको बसाईपछि दिल्लीमा रहेका साथीहरुलाई भेट्न जाने योजनामा रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अली रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
७ प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा