नेपालका प्रिन्स सेमिफाइनलमा

काठमाडौं । नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहिबार प्रिन्सले भारतका आर्यन रसिदलाई २१–१०, २१–९ ले हराए । प्रिन्स मिक्सडबल्सको खेलमा भने पराजित भए ।
रसिला महर्जनलाई जोडी बनाए खेलेका उनी भारतका आयन रसिद र तस्निम मिरसँग २४–२६, २१–१४, २१–८ ले पराजित भएका थिए । महिला एकलतर्फ निता लम्साल नेपालकै निलिमा महरालाई २१–१२, २१–६ ले हराउँदै अन्तिम चारमा पुगिन् । निताले किम्स डबल्समा पनि गोकुल जोरासँग मिलेर नेपालकै नरेन्द्र बम र निलिमा महरालाई २१–१६, २१–१३ ले हराइन् ।
पुरुष एकलतर्फको अर्को खेलमा नेपालका नरेन्द्र बम श्रीलंकाका दुमिन्दु अवेविक्रमासँग २१–७, २१–९ ले पराजित भए । अर्को खेलमा भारतका अभिन बशिष्ठले श्रीलंकाका दिगायु कहातापितियालाई २१–१५, २१–८ ले हराए । भारतका मिरब लुवाङ्गले आफ्नै देशका शिभम कुमार मिश्रलाई २१–१२, २१–१६ ले हराए । नेपालकी रशिला महर्जन महिला एकलमा मलेसियाकी करुपथेभन लेत्शानासँग २१–१४, २१–१२ ले पराजित भइन् ।
सिमा राजबंशी भारतकी अनुपमा उपाध्यायसँग २१–९, २१–७ ले पराजित भइन् । अर्को खेलमा भारतकी तस्निमा मिरले मलेसियाकी सरन्या कविलानलाई २१–९, २१–३ ले पराजित गरिन् । पुरुष युगलतर्फ नेपालका अमृत चौधरी र जेबी साउदको जोडी नेपालकै डेभिड थापा मगर र युनिश राईको जोडीलाई २१–१६, २१–१२ ले हराउँदै सेमिफाइनलमा पुगे । श्रीलंकाका दुमिन्दु अवेविक्रमा र दिगायु कहातापितियाको जोडीले नेपालका योगेश खड्का र सत्यम सुब्बाको जोडीलाई २१–१०, २१–१० ले, भारतका आर विकास प्रभु र अरुण कार्थिक केको जोडीले नेपालका गोकुल जोरा र प्रियान्शु सिंह क्षेत्रीको जोडीलाई २१–१०, २१–१८ ले पराजित गर्दै सेमिफाईन प्रवेश गरे ।
मिक्स डबल्सतर्फ नेपालका पेम्बा शेर्पा र सिमा राजवंशीको जोडीले अमृत चौधरी र विष्णा विष्टको जोडीलाई २१–१४, २१–१० को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । जेबी साउद र प्रसुना खत्रीको जोडी भारतका मुरुगप्पा केएस र सनिया सिकन्दरको जोडीसँग २१–२, २१–७ ले पराजित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित घर
-
आधुनिक यन्त्रले किसानलाई आलु खेती गर्न सहज
-
ट्रम्पसँग बाझेर ह्वाइटहाउसबाटै बाहिरिए जेलेन्स्की, भने-पुटिनसँग कुनै सम्झौता हुन्न
-
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
-
रातोपाटी ब्रिफिङ : बालेनलाई शंकर पोखरेलको कडा जवाफदेखि गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्डसम्म
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई